Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

लघुकथा : परिवर्तन 

लघुकथा : परिवर्तन 

images
  • लघुकथा : परिवर्तन 
    images
    images

    "हे भगवान! दिमागमै पो संकुचन आइसक्यो?" आश्चर्य मान्दै सोध्यो जसवीरले।
    "हो त, पृथ्वीको तापमान बढ्ने, मौसम बदलिने र जलवायु परिवर्तनका कारण मान्छेको मस्तिष्कमा संकुचन आएको भन्छ बैज्ञानिक अध्ययनले।" ध्रुवले प्रष्ट्याउन खोज्यो।
    "यो कुरा साँचो हो भने त भविष्यमा झन खतरा अवस्था सृजना होला त? "अझै जिज्ञासु बन्यो जसवीर।

    images
    images
    images

    "यो ब्रम्हाण्डको हरेक कुरा परिवर्तनशील छ। पृथ्वीको जलवायु पनि उत्पत्ति कालदेखि नै परिवर्तन भैरहेको छ। वातावरणीय परिवर्तनसँगै हरेक प्राणी, वनस्पतीले आफूलाई परिवर्तन गर्दै समायोजन गरेको छ। जो समायोजन हुन सक्दैन ऊ लोप हुन्छ। यो त स्वभाविक नै छ नि।" अत्यन्तै हल्का रुपमा लिँदै बोल्यो प्रवल।

    images
    images
    images

    "त्यो त हो कि,तर मलाई त मान्छेको भविष्यप्रति पो चिन्ता लाग्यो।" ध्रुवले निराशाभाव व्यक्त गर्यो।
    "ह्या,नचाहिने चिन्ता गर्छ यार। मान्छेले उत्पत्तिकालदेखि आफूलाई वातावरण अनुकूल ढाल्दै लगेको छ त। भविष्यमा पनि वातावरण अनुकूलित बन्दै जान्छ नि।" निर्धक्कसँग भन्यो प्रवलले।

    images
    images
    images

    "जलवायु परिवर्तनको अवस्था नसुध्रिए भविष्यमा पृथ्वीबाट मान्छे लोप हुने निश्चित छ। यो निकै चिन्ताको विषय हो। हामी सचेत हुनै पर्छ। हाम्रा व्यवहार, आनिबानी सच्याउनै पर्छ।" ध्रुवले कुरा बुझाउने कोशिस गर्यो।

    "हाम्रा पूर्खाले जोगाएर हामीलाई हस्तान्तरण गरेको यो पृथ्वी। हामीले पनि सुरक्षित रुपमै हाम्रा सन्ततीलाई हस्तान्तरण गर्दै जानु पर्छ। पृथ्वीमा भएका श्रोतहरुको अनावश्यक दोहन गर्नु हुँदैन। समुचित प्रयोग गर्यौँभने मात्र यो दीगो रहन्छ। यही विवेकशील मान्छेको कर्तव्य हो।" चौतारोको छेउँमा बसेर ठिटाहरुको वार्तालाप सुनिरहेका लाहुरेबाले उनीहरूलाई सम्झाउँदै भने।

    मित्र 'उराठी' गौतम
    अमरपुर गुल्मी
    हाल : तिलोत्तमा - २, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।