मेराे उमेरले यस्तै ४० कटेकाे थियाे। एकदिन साथी आशाले मलाई टुपलुक्क भेटेर गुनासाे पोखिन् । 'हेर्न साथी हामी नेपालीहरूकाे नाता बिच कति राम्राे आ-आफ्नो सम्बाेधन छ नि! दाजु भाइ दिदी बैनी फूपू भदै.....तर अचेल पारिवारीक सम्बाेधन बिग्रिएकाे छ' झाेकिदै मलाई भनि।
म एकछिन छक्क परे। किन र साथी भनेर जिज्ञासु भएर साेधेँ। 'अ.... हेर्न फुपु, भदा, भदैनिकाे सम्बाेधन दिदी-भाइ भएकाे छ। मलाई त कत्ति पनि मन पर्दैन।' 'किननि' बिच्चैमा प्याच्च साेधेँ।अनि म पनि फुपुलाई दिदी भदालाई भाइ नै भन्छु निर्धक्क भने।
अ... माेरी मलाई त बिगतकाे कुराले सारै पेच पर्याे अनि फुपुलाई फुपु भदालाई भदा नै भन्छु भनि।
अनि के हाे र त्यस्ताे पेच पर्ने कुरा भन्न त भनें ।
उसले बिगतकाे कुरा सम्झिदै भनि। म यस्तै १६ वर्ष कि थिएँ । हुन त म फुपुलाई फूपू नै भन्थे। अरूले दिदी भनेकाे सुनेर मैले नि एक दिन झुक्किएर फुपुलाई दिदी भनेकाे मेराे बाउले सुन्नु भयाे। म बुझ्ने भए देखि बाउकाे हातकाे पिटाई नखाएकाे बाउले मलाई एकचड्कन गालामा हान्नु भयाे। मेराे गाला रनक्क भयाे। एकछिन रनअभुल्लमा परे। मनमनै गालि पनि गरेँ। "किन फुपुलाई दिदी भन्छेस्, त् र मेराे बैनी एउटै आमाकाे भुँडिबाट जन्मेकाे हाे र?" भन्दा झसङ्गै भए अनि आबुई हाे त नि! भन्दै जिब्राे टाेके। साथीले याे कुरा भने पछि मेराे पनि बुद्धिकाे बिर्काे खुल्याे । अहिले म पनि हाम्रा पुर्खाले जे नातालगाए त्यै सम्बाेधन गर्ने गरेकाे छु।
- गंगा अभिलाषी, भैरहवा
हाल : कोलोराडो, अमेरिका
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology