Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा : साँढे

लघुकथा : साँढे

images
  • लघुकथा : साँढे
    images
    images

    आफ्नो अस्तित्व जोगाउन नसक्ने देखेँपछि शहरको साँढेले गाउँबाट सोझासाझा गोरूहरूलाई बोलायो।

    images
    images
    images


    गाउँमा दुःख पाएका गोरुहरु शहर पस्न पाएकोमा साँढेको सबै सर्त मान्न तयार भए। गाउँका गोरुको सहयोगमा शहरमा साँढेको एकछत्र शासन चल्न थाल्यो।

    images
    images
    images

    शहरका मानिसहरू साँढेहरुको आतङ्कले दुखित भए।

    images
    images
    images


    शहरलाई गोरु र साँढे मुक्त बनाउने अभियान सुरु भयो। शहरमा सबै बस्न नसक्ने अवस्था आयो।शहरको साँढेले गाउँका गोरुहरुलाई गाउँ फर्कन भन्यो।साँढे र गोरुहरु बीचमा भनाभन भयो।गोरुहरु एकजुट भए।

     साँढेलाई लखेट्दै गाउँ पुर्याए। शहरमा साँढे बन्दै हिँड्ने साँढे गाउँमा सामान्य गोरु बनेको छ। त्यसको अवस्था देख्दा मस्तिकमा एउटा विचार झट्ट आयो, "फेसबुके गुरुपका साँढेहरु सुध्रेरेर गोरु बन्ने कहिले?"

    - नारायण कोइराला
    तानसेन, पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।