चैत २८, बुटवल- नेकपा (एमाले)का तर्फबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा स्वीकृत गरेका हुन्।
नेकपा एमालेका तर्फबाट मन्त्री बनेका ज्वाला, रावल र बुढाले आफ्नो दलले समर्थन फिर्ता लिएको भन्दै राजीनामा दिएका थिए।
शाहीले राजीनामा स्वीकृत गरेपश्चात रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई र भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology