Logo

२०८३, श्रावण ३०गते


images
images

आन्दोलनको क्षतिपूर्ति गर्न दशै बिदामा देवदहका विद्यालय खुल्ने

आन्दोलनको क्षतिपूर्ति गर्न दशै बिदामा देवदहका विद्यालय खुल्ने

images
  • आन्दोलनको क्षतिपूर्ति गर्न दशै बिदामा देवदहका विद्यालय खुल्ने
    images
    images

    राहुल देव सापकोटा, देवदह । केही समय अघि शिक्षा विधेयक सच्चाइनुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघको  आह्वानमा काठमाडौको माइतिघर मण्डलामा शिक्षकहरुको बृहत आन्दोलन भयो । जसबाट शिक्षक र सरकारबिच सहमति भए पश्चात् आन्दोलन स्थगित भयो । विद्यालयहरुमा पुनः पठनपाठन सुरु भयो । 

    images
    images
    images

    सो आन्दोलनका क्रममा असोज ४ र ५ गते विद्यालय बन्द भएका कारण विद्यार्थीको पठन पाठनमा प्रत्यक्ष असर परेको भन्दै शिक्षकहरुको चर्को आलोचना भयो । चर्को विरोधपछि शिक्षकहरूले विदाको दिन कक्षा संचालन गरेर क्रेडिड आवर पुरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

    images
    images
    images

    शिक्षकहरू नियमित पठनपाठनमा फर्किसकेपछि आन्दोलनको क्रममा गरिएको प्रतिबद्धताबारे सेतोमसीले राखेको जिज्ञासामा देवदह नगर शिक्षा समितिका सदस्य एवम महामाया भवानी माविका प्रधानाध्यापक  रिषेश्वर अर्यालले आफुहरुले शिक्षकको हकहितका लागि आन्दोलन गरेको र सो आन्दोलनले असोज ४ र ५ गते विद्यालय बन्द भएकोमा सोको क्षतिपूर्ति बापत नगरपालिकाले दिएको विदाको दिन कक्षा संचालन गर्ने बताए । 

    images
    images
    images

    थप प्रष्ट हुन हामीले नेपाल शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुङ्गानासंग सोध्यौँ । उनले शिक्षण पेशा मर्यादित र जिम्मेवारी पुर्ण पेशा रहेको र सो आन्दोलनका कारण विद्यार्थीको पठनपाठनमा कुनै पनि असर पर्न नदिने बताउँदै देवदह नगरपालिकाले असोज २८ गतेबाट दिएको दशैं बिदालाइ समेत समाबेश गरेर असोज २८, २९, ३० गते विद्यालय संचालन गरिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।