Logo

२०८३, आश्विन ९गते


images
images

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

images
  • इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प
    images
    images

    चैत्र २८ एजेन्सी- शनिबार इन्डोनेसियाको जाभा टापुमा ६.१  म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन ।

    images
    images
    images

    पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेर हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन ।

    images
    images
    images

    इन्डोनेसियाका केही सामाजिक संजाल प्रयोगकर्ताहरूले भूकम्पको अनुभव पकितान, ब्लिटार र मालांग जस्ता धेरै शहरहरूमा र बालीको रिसोर्ट टापुमा समेत भएको महसुस गरेको बताएका छन ।

    images
    images
    images

    इन्डोनेसियामा हरेक वर्ष भूकम्प, बाढी पहिरो, सुनामी लगायत प्राकृतिक विपदका कारण ठूलो क्षति हुने गरेको छ ।
    इन्डोनेसियामा गत साता मात्रै बाढीले ठूलो जनधनको क्षति भएको थियो ।

    २००४ को डिसेम्बरमा ९ दशमलब १ म्याग्निच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण २ लाख २० हजार मानिको मृत्यु भएको थियो । २०१८ मा पनि ७ दशमलब ५ म्याग्निच्यूडको भूकम्प र भूकम्पपछिको सुनामीमा परी ४ हजार ३ सय मानिस वेपत्ता भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।