Logo

२०८३, श्रावण ३०गते


images
images

ओली सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति रद्द

ओली सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति रद्द

images
  • ओली सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति रद्द
    images
    images

    काठमाडौँ।  ५ सदस्यीय मन्त्रिपरिषदले ओली सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    ५ सदस्यीय शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो। नेकपा एमालेको एक खेमा र परराष्ट्र मन्त्रालयमा असन्तुष्टी चर्किने गरि केपी ओली सरकारको मन्त्रिपरिषदले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो।

    images
    images
    images

    ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकिएको थियो।

    images
    images
    images

    ओली सरकारले नियुक्त गरेका राजदूतहरुमा अधिकांश उनको पार्टी पुष्टभूमि भएका र कूटनीतिक अनुभव नभएकाले असन्तुष्ट उत्पन्न भएको थियो।बहराइनका लागि राजदूतमा नियुक्त ओली निकट पूर्वमन्त्री कार्कीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा परेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।