Logo

२०८३, श्रावण ३०गते


images
images

तीन महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व

तीन महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व

images
  • तीन महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ। बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव ४ प्रतिशत खर्च भएको थियो।

    images
    images
    images

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवल उपमहानगरपालिकाले वार्षिक कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको बताउँदै यसले विकास निर्माण र सुशासनमा टेवा पुग्ने बताए। उनले गत आर्थिक वर्षभन्दा धेरै विकास बजेट खर्च गर्न र देशमै उत्कृष्ट नगरको रुपमा अगाडि बढ्न शुभकामना दिए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताए। उनले चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहणी महिला रोजगार कार्यक्रममार्फत महिलाहरुलाई उत्पादन र रोजगारसँग जोड्ने, पछाडि परेका विद्यालयहरुको स्तरोन्नतिका लागि कार्यक्रम गर्नेजस्ता काम अगाडि बढेको बताए।  

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि योजनाअनुसार काम भइरहको बताइन्। उनले सबै क्षेत्रलाई समेटेर नगरले काम गरिरहेको र यसमा सबैको साथ आवश्यक रहने बताइन्।

    प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बुटवललाई योजनाबद्ध विकासका लागि कार्ययोजनाबमोजिम सबै कामहरु अगाडि बढेको बताए। उनले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अझै धेरै बढाउने गरी काम भइरहेको बताए।

    योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रममा बितेको तीन महिनामा बुटवलले पशु बधशालाको सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडकहरु सरसफाइ तथा हरियाली बनाउन वृक्षरोपण गरेको, उज्यालो बुटवल अन्तरगत उज्यालो बनाउन बिद्युतीकरण गरिएको, खाली सटरहरु ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरिएको बताए।

    सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बुटवलबासीका प्रतिक्रिया लिने गरी सार्वजनिक सुनुवाई गर्ने तयारी भएको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।