Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा दान पेटिका खोलियो, चार महिनामै ६४ लाख ७६ हजार संकलन

लुम्बिनीमा दान पेटिका खोलियो, चार महिनामै ६४ लाख ७६ हजार संकलन

images
  • लुम्बिनीमा दान पेटिका खोलियो, चार महिनामै ६४ लाख ७६ हजार संकलन
    images
    images

    लुम्बिनी । मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    images
    images
    images

    सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

    images
    images
    images

    मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ । लुम्बिनीमा पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।