Logo

२०८३, श्रावण ३०गते


images
images

महामाया भवानी माविले स्वर्ण महोत्सव मनाउने, १५१ सदस्यीय मूल समारोह समिति गठन

महामाया भवानी माविले स्वर्ण महोत्सव मनाउने, १५१ सदस्यीय मूल समारोह समिति गठन

images
  • महामाया भवानी माविले स्वर्ण महोत्सव मनाउने, १५१ सदस्यीय मूल समारोह समिति गठन
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा आगामी फागुन १८ गते  स्वर्ण महोत्सव मनाउने १५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

    images
    images
    images

    शनिबार विद्यालयमा आयोजित भेलाले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष छबिलाल घर्ती जिसीको संयोजकत्वमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले जानकारी दिए । 

    images
    images
    images

     भेलालाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षामा जोड नदिएसम्म राष्ट्रिय आवश्यकता पूरा गर्ने जनशक्ति उत्पादन हुन नसक्ने बताए । शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्वहरु सबै मिलेर भव्य र सभ्य रुपमा विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्नु पर्नेमा जोड दिंदै उनले महामाया भवानी माविले गुणस्तरमा सम्झौता गर्न नहुनेमा जोड दिए । 

    images
    images
    images
    महामाया भवानी मावि. .jpg


     
    कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले वि.स. २०२७ सालमा स्थापित विद्यालयले २०७७ सालमै ५० औं वर्ष पूरा गरेतापनि विश्वव्यापी कोरोना महामारीका कारणबाट स्वर्ण महोत्सव मनाउन नसकिएको बताए । महोत्सवमा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णको योगदानलाई स्मरण गर्दै, विद्यालयको ऐतिहासिक क्रमसमेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ स्थापना गर्ने, सरस्वती मन्दिर स्थापना गर्ने, मञ्च निर्माण गर्ने विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु आयोजना गरिने उनको भनाई छ । 

    कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, नगर कार्यपालिका सदस्य शान्ता भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक दिननाथ अर्याल, भविष्य निर्माण मा.विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष झविनद्र प्रसाद पाण्डे, राजनीतिककर्मी प्रमोद खनाल, मोतिलाल ढकाल, यम प्रसाद लुइँटेल, लक्षु न्यौपाने, घनश्याम भण्डारी, छबि भट्टराई, मणि प्रसाद शर्मा, होम प्रसाद भुसाल, शक्ति प्रशन्न गिरी लगायतले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।