Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह

बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह

images
  • बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह
    images
    images
    बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ ।
    चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाईनमा हेरफेर गर्न आग्रह गरेको हो ।
     
    बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियालीमात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निणर्य गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाईनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो ।
    उनले चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण शुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निणर्य गरेको बताए  ।
     
    ‘सडक बनाएपछि सवारी पार्किङ गर्ने क्षेत्र मासियो, अन्यत्र पार्किङ गर्ने स्थान छैन, पहिलेका आराम गर्ने चौतारी पनि मासिए, पानी पिउने ठाउँ, शौचालय पनि राख्ने ठाउँ छैन, उनले भने-त्यसैले यो क्षेत्रको सर्भिस लेनमा यी सबै कुराहरुलाई समेत गाभेर यहाँको आवश्यकताअनुसारको बनाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।’
     
    उनले सर्भिस लेनको बीचबीचमा साना साना गाडी पार्किङको क्षेत्र, साना साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको बताए । बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर सर्भिस लेनको डिजाइनमा परिवर्तन गर्नुपर्ने बताए । सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको माग अनुसार सडक विभागमा अनुरोध गर्ने बताए ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, ट्राफिक व्यवस्थापन कार्यालय, खानेपानी संस्थान बुटवल, यातायात व्यवसायीहरुलगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
     

    स्थानीय सरोकारवालाबीचको छलफलको निणर्यअनुसार छिटै नै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको सर्भिस लेन परिवर्तनका लागि बृहत छलफल गर्ने निणर्य भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
    यस्तै आइतबार बसेको अर्को बैठकले नारायणगढ बुटवल सडक खण्डअन्तरगत बुटवल ८ र १० को नाला निर्माणका बारेमा सरोकारवालाबीच छलफल गरी आवश्यकताअनुसार सिफारिश गर्ने निणर्य गरेको छ ।

    नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षता, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको आतिथ्यतामा बसेको बैठकले नाला निर्माणका क्रममा स्थानीय आवश्यकताअनुसार निर्माण गर्नका लागि सरोकारवालाबीच छलफल गर्ने निणर्य गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।