Logo

२०८३, कार्तिक ९गते


images
images

देवदहको कोसेली भवनभित्र युवतीमाथि बलात्कार प्रयास

देवदहको कोसेली भवनभित्र युवतीमाथि बलात्कार प्रयास

images
  • देवदहको कोसेली भवनभित्र युवतीमाथि बलात्कार प्रयास
    फाईल फोटो : देवदह नगरपालिकाको कोशेली भवन
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ को कोशेली भवनमा एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । गएराती नौ बजेको समय सो घटना भएको स्थानियले बताएका छन । 

    images
    images
    images

    घटना भएको स्थल कोसेली भवन नजिकै घर भएकी स्थानिय देवी थापाले कसैले चिच्याएर गुहार मागेको आवाज सुनेको र ठम्याउन नसकी घरको छतमा गएर सुन्दा युवतीले गुहार मागेको सुनेपछी अरु स्थानियलाइ बोलाएर सो स्थलमा पुग्दा एक युवक त्यहाबाट भागेको बताइन । 

    images
    images
    images

    उनका अनुसार कोसेली भवनको शैचालयभित्र युवतीलाई लगेर जबरजस्ती गर्ने क्रममा युवतीले लगाएको कपडा सङ्गै हातको बाउला च्यातिएको अवस्थामा रहेको बताइन । 

    images
    images
    images

    युवतीले बताए अनुसार अफिसबाट फर्कने क्रममा बनचौकीको बाटो हुँदै घर जानेक्रममा कसैले मुखमा हातले छोपेर घाँटी अठाउँदै शौचालयभित्र लगेको र जबर्जस्तिकरणी गर्न खोजेको बताएको स्थानियले बताए । 

    हामिले यस बिषयमा थप जानकारी लिन देवदह प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी निरिक्षक रनिराम थारुले पनि स्थानियले भनेकै कुरा दोहोराए । 

    स्थानियले प्रयोगमा नआएको कोसेली भवन लागुऔषध खाने, विभिन्न अनैतिक क्रियाकलाप गर्नेहरुको अड्डा र बिहानपख टाढा अध्यन गर्न जाने विद्यार्थी, कामदार र साझ काम गरेर घर फर्कनेहरुका लागि सो स्थल खतराको केन्द्र बन्दै गएको बताए ।

     राज्यको झण्डै पाँच करोड खर्चिएर भवन निर्माण भएको वर्षौ बित्दा पनि नगरपालिकाले भवनलाई प्रयोगमा ल्याउन सकेको छैन ।

     नगरप्रमुख ध्रुवप्रसाद खरेलले भवन संचालन कार्यविधी बनाईसकेको र छिट्टै सन्चालनमा ल्याउने बताएको नै बर्ष दिन बितिसकेको छ । 

     यसरी नगरपालिकाले बनाएको कोशेली  भवनको प्रयोगमा नगरपालिका ले नै ध्यान नपुग्दा समाजका खराब तत्वहरूले यसको दुरुपयोग गर्ने खतरा बढ्दै गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।