Logo

२०८३, आश्विन १०गते


images
images

भजन किर्तन सहित देवदहका मठमन्दिर परिक्रमा

भजन किर्तन सहित देवदहका मठमन्दिर परिक्रमा

images
  • भजन किर्तन सहित देवदहका मठमन्दिर परिक्रमा
    images
    images

    देवदह । भजन किर्तन सहित देवदहका मठमन्दिर परिक्रमा गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरौं, सनातन मौलिक धर्म, संस्कृतिको संरक्षण गरौ भन्ने नारासहित हरिकीर्तन सत्सङ्ग सेवा केन्द्र देवदहको आयोजनामा धार्मिक जागरण पद यात्रा भएको हो ।

    images
    images
    images

    एक कार्यक्रमबीच यात्राको उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले धार्मिक पदयात्राले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्  । भगवान गौतम बुद्धको मावली देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ हुने यस्तै सिर्जनशील गतिविधिले महत्वपुर्ण योगदान दिन सक्ने बताउँदै लुम्बिनीमा आउने पर्यटकलाई देवदहमा भित्र्याउन सकिए मात्र यहाँका नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिने औल्याईन् । देवदहलाई पर्यटक र धार्मिक क्षेत्रको रुपमा चिनाउनुपर्ने उनको भनाई छ ।

    images
    images
    images

    हरिकीर्तन सत्सङ्ग सेवा केन्द्र देवदहका अध्यक्ष कृष्णशरण भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता तथा देवदह–५, का वडाअध्यक्ष गणेश डुम्रे, बौद्धिक धर्म परिषद देवदहका अध्यक्ष पण्डित एकनारायण न्यौपाने, देवदह अध्यात्मिक प्रतिष्ठानका अध्यक्ष रुद्रमान ढकाल, सत्सङ्ग सेवा केन्द्रका संरक्षक तिलकप्रसाद काफ्ले, कृष्ण न्यौपाने लगायतले आ–आफना भनाई राखेका थिए ।

    images
    images
    images

    पदयात्रामा देवदह क्षेत्रमा रहेका मठ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु तथा भक्तजनहरुको सहभागि रहेको थियो । 
     
    देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिरदेखि शुरु भएको पदयात्रा प्रगतिबजार, केरवानी, भवानीपुर, पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, शितलनगर हुदै लोकेश्वर मन्दिरमा आएर समापन भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।