Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक उपलब्धि पेश

बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक उपलब्धि पेश

images
  • बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक उपलब्धि पेश
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाको नगर सभाको १४औं अधिवेशन शुरु भएको छ। बुधबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताए।

    images
    images
    images

    प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए। उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने बताए।

    images
    images
    images

    सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए।

    images
    images
    images

    बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेको र थप सुविधा दिने गरी योजना बनाएको बताए। उनले शिक्षा क्षेत्रमा बुटवललाई सधै अग्रणी राख्नका लागि आवश्यकताअनुसार भौतिक पूर्वाधार र नयाँ कोर्षहरु सञ्चालनको तयारी भइरहेको बताए।

    'शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरुलाई एउटै स्तरमा पुर्‍याउने गरी काम गरिरहेका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ, बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ'-उनले भने।

    उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण तथा ४५ दिने सरसफाई अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलबासीलाई प्रोत्साहन गरिएकोजस्ता उपलब्धिहरु प्रस्तुत गरेका थिए।

    यस्तै, गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगर प्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने बताए।

    प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रीकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताए।

    यस्तै, नगरसभाको अधिवेशनको पहिलो बैठकमा जलश्रोत विधेयक टेबुल गरिएको छ भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संसोधन प्रस्ताव टेबुल गरिएको छ।

    अधिवेशनको पहिलो बैठकमा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले विधेयक र ऐन संसोधनको प्रस्ताव टेबुल गरेका हुन्। नगर सभाको अर्को बैठक शुक्रबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको छ।

    यस्ता छन, नगर सभा अधिवेशनको बैठकमा पेश गरिएका उपलब्धिहरु

    • बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १५/१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने क्रममा रहेका छन् र अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइदै छ ।  वडा नं. १३ को अस्पताललाई चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी छ । बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराइएको छ ।

    • बुटवलबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्तनक्यान्सरपाठेघरको क्यान्सर स्क्रिनिङजेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा विभिन्न स्वास्थ्य शिविरहरु नियमित रुपमा घरदैलोमा सञ्चालन गरिएको छ ।

    • बुटवल उपमहानगरपालिकालाई सफा सुन्दर र बस्न योग्य बुटवल शहर बनाउनका लागि मुख्य राजमार्ग तथा भित्री सडकहरुचोक चौराहाहरु ब्यवस्थित गर्ने तथा अव्यवस्थित पार्किङठेलाटंकीबजारनिर्माण सामग्रीहोर्डिङ्ग बोर्डवर्कशपरिकण्डिसन हाउसका सवारी साधन लगायत राखी अवरोध गर्ने कार्यलाई नियन्त्रण गर्न व्यापक प्रचार प्रसार तथा कारबाही गरी सडक र सडक पेटी खुल्ला गरिएको छ ।

    • नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण गरिएको छ । ४५ दिने सरसफाई अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलबासीलाई प्रोत्साहन गरिएको छ । 

    • बुटवलभित्रका सबै गृहिणी महिलाहरूलाई रोजगारस्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । छिटै नै तालिमको आह्वान गरी छनोटमार्फत तालिम शुरु हुँदै छ ।

    •  सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम छिटै नै सञ्चालनमा आउँदैछ । यस्तैनवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा छ ।

    • १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिनेस्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी दिनेनगरवासीलाई जटिल रोग (मुटुमृगौलाक्यान्सरपार्किन्सन्सअल्जाइमर्सस्पाइनल इन्जुरीहेड इन्जुरी र सिकलसेल एनेमिया)को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर छन् ।

    •  उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यकरणका लागि टेण्डर आह्वान गरी काम अगाडि बढेको छ । कालिका पथमा रात्रीकालीन बजार सञ्चालनका लागि समेत प्रोत्साहन गर्न स्ट्रीट लाइटको व्यवस्था गरिदैछ ।

    • लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्शुद्ध खानेपानीव्यवस्थित खाजाघरसफा शौचालय र स्नानघरनिःशुल्क वाइफाईसुरक्षित विश्राम स्थलका रूपमा विकास गर्ने कार्यक्रम ल्याइएको छ । नयाँ बसपार्कलाई सुन्दर बनाउने र सरसफाईलाई विशेष प्राथमिकता दिने कार्यक्रम अगाडि बढेको छ । सुविधासम्पन्न शौचालय र प्रतीक्षालय निर्माण शुरु भएका छन् । बसपार्कभित्र विद्युत प्राधिकरणबाट विद्युतीय सवारी चार्जिङका लागि दुईवटा स्टेशन सञ्चालनमा रहेका छन् । छिटै नै ३ वटा घुम्ती शौचालय सञ्चालनको तयारी रहेको छ ।

    • बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गर्नेरात्रिकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धनजितगढी किल्लामणिमुकुन्दसेन दरबारजितगढी युद्ध संग्रहालयलाई नगर सम्पदाका रूपमा प्रवद्र्धन गर्ने कार्यक्रम तय भएको छ ।

    • खेलाडी उत्पादनका लागि नगरको प्रमुख खेलकुद कार्यक्रम विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम फागुनभित्रै सञ्चालन हुँदै छ ।

    • मेयर युवा इलम कार्यक्रमवैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरूलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रम यसवर्ष पनि निरन्तर रहेका छन् ।

    • महिलाहरूलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रमएकल महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकासअपांगता भएका व्यक्तिहरूलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम निरन्तर चलिरहेका छन् ।

    • एकल महिलालैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयं चालक भएकाहरूलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइएको छ ।

    • छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापना गर्ने र तत्कालका लागि छाडा चौपाया व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनभित्र राख्ने काम निरन्तर चलिरहेको छ ।

    • देशकै नमूना पशु बधशाला सञ्चालनका लागि सम्झौता भएर छिटै नै सञ्चालनको तयारीमा रहेको छ । यसले बुटवलबासीलाई सफा र स्वच्छ मासु उपलब्ध गराउनेछ ।

    • बुटवल१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।

    • बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

    • लामो समयसम्म अलमलमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भई नगरतर्फको काम सकिएर संघीय मन्त्रालयमा पुगेको छछिटै नै औद्योगिक क्षेत्रको काम शुरु हुने तयारी छ ।

    • बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ईरिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ईरिक्सा नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।

    • आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालनफार्मेसी ल्याब र थेरापी अध्ययन यसै शैक्षिक सत्रदेखि शुरु भएको छ ।

    • बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।

    • बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

    • नयाँ बसपार्कभित्र बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको  छ ।

    • बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको छ ।

    • राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ । सडक सौन्दर्यीकरण गर्ने र ट्राफिक लाईटको व्यवस्था गर्नेसडक सरसफाई गर्नेहरियाली प्रवद्र्धन गर्नेउज्यालो सडक र सिसिटीभी क्यामेरा जडान गरी सुरक्षित सडक बनाउने र छाडा चौपायामुक्त सडक बनाउनका लागि नियमित रुपमा काम भइरहेको छ ।

    • बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्ने कार्य अघि बढेको छ । बुटवलको लागि आवश्यक पानीको व्यवस्थापनका लागि झुम्सा खानेपानी यसैवर्ष बुटवलमा ल्याएर वितरणको काम शुरु हुने तयारी छ ।

    •  बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुखउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।

    • नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ ।

    • कालिकापथदेखि नेपालगञ्ज रोडमा जोड्ने सडक खोलिएको छ भने मिलनचोकदेखि सुख्खानगरको सडकमा हेभी इक्युपमेन्ट कार्यालयका भवनहरु भत्काएर सडक फराकिलो बनाउने काम शुरु भएको छ । यी दुई सडक खुला र फराकिलो भएपछि मुख्य सडकको जाम हट्न मदत पुग्ने छ भने पैदलयात्रीलाई पनि सहज हुनेछ ।

    • बुटवलभित्र लालपूर्जाविहिन बसोबासीलाई लालपूर्जा प्राप्त गर्नका लागि भूमि आयोगलाई आवश्यक सहयोगका लागि कर्मचारी थप गर्नेप्राविधिक काममा सहयोग गर्ने र जग्गाको अवस्थाको नापजाँच गर्ने काममा नगरले सधै साथ दिइरहेको छ । विधिसम्मत तरिकाले लालपूर्जा पाउनयोग्य बासिन्दालाई लालपूर्जा दिलाउन हाम्रो सकारात्मक प्रयास जारी छ । राजस्ववापत्को रकम ५० प्रतिशत रकम बढी भयो भन्ने कुरा हामीले प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । उहाँले सो रकम घटाउने आश्वासन दिनुभएको छ ।

    • ज्योतिनगरमिलनपथ पहिरो नियन्त्रण र व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले आफ्नो बलबुता र सामथ्र्यले भ्याएसम्म लागिपरेको छ । यसमा स्थानीयको सक्रियता र सहभागिता उत्साहजनक रहेको छ । यसको दीर्घकालीन समाधानका लागि संघ र प्रदेश सरकारसमक्ष पटक पटक जानकारी गराइ योजना माग गरिएको छ ।

    • यसै वर्ष विपदलाई ध्यानमा राखेर बुटवल ११ टप मजुवामा वर्षाका लागि साइरनको व्यवस्था गर्ने गरी काम अगाडि बढाइएको छ ।

    •  नेपालअंग्रेज युद्धमा विजय हासिल गरेको जितगढी किल्लाको महत्व र तिनाउ नदी सभ्यतालाई प्रवद्र्धन गरी पर्यटक आकर्षित गर्न प्रदेश सरकारसँग समन्वय गरी तिनाउ आरती केन्द्र स्थापनाको लक्ष्य लिइएको छ ।

    • बुटवल १ स्थित बुटवल माविदेखि नुवाकोटसम्म पैदलमार्गलाई व्यवस्थित गरी पर्यटकीय हिसाबले हाइकिङ गर्ने योजनालाई अगाडि बढाइएको छ ।

    • जाजरकोट र रुकुम पूर्वमा भूकम्पबाट प्रभावितहरुका लागि बुटवल उपमहानगरपालिका र यस क्षेत्रका संघसंस्थाको गरी राहत सहयोग पठाइएको छ । आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छौं । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।