Logo

२०८३, श्रावण ३०गते


images
images

तमु ल्होसार

देवदहमा तमु ल्होसार विशेष कार्यक्रम : भाषा, संस्कृतिको संरक्षणमा जोड

देवदहमा तमु ल्होसार विशेष कार्यक्रम : भाषा, संस्कृतिको संरक्षणमा जोड

images
  • देवदहमा तमु ल्होसार विशेष कार्यक्रम : भाषा, संस्कृतिको संरक्षणमा जोड
    तमु ल्होसार विशेष कार्यक्रममा सांस्कृतिक पोशाकमा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा र गुरुङ भाषा अभियन्ता भिमप्रसाद गुरुङ लगायत । तस्वीर : सेतोमसी
    images
    images

    देवदह । भाषा, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित गर्न सकिने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाज देवदहले गरेको तमु ल्होसार विशेष कार्यक्रममा बोल्ने वक्ताहरूले भाषा, संस्कृतिको संरक्षणमा जोड दिएका हुन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सबै जातजतिको भाषा, संस्कार र संस्कृतिको संरक्षण अहिलो आवश्यक रहेको बताइन् । नगरपालिकाले सबै स्थानिय भाषा, संस्कृतिको सम्वर्धन र संरक्षणमा काम गरिरहेको उल्लेख गर्दै उपप्रमुख गुरुङले सिमित श्रोत साधनकाबीच काम गर्नुपरेकोले पनि देवदह नगरलाई समृद्ध बनाउन सवैको साथ, सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।
     
    सोही अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तमु ल्होसार गुरुङ जातिको प्रमुख चाड भएको बताउँदै सबै भाषा र संस्कृतिलाई सबैले उत्तिकै सम्मान र माया गर्ने नेपाली संस्कृति प्रशंसनिय भएको बताए । फरक प्रसंगमा बोल्दै उनले अव्यवस्थित तथा सुकुम्वासी जग्गाको काम अहिले अभिलेखीकरण भईरहेको बताउँदै  छिट्टै आमनागरिकले लालपुर्जा प्राप्त गर्ने जिकिर गरे । 

    images
    images
    images

    तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाजका अध्यक्ष ताराप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु भाषा अभियन्ता भिमप्रसाद गुरुङ, देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिका अध्यक्ष मनबहादुर गुरुङ्ग लगायतले विचार व्यक्त गरेका थिए । 
     
    कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाजलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलकुदका कार्यक्रम समेत संचालन गरिएको थियो । 

    images
    images
    images

    समाजका उपाध्यक्ष गजबहादुर तमुको स्वागत र सचिव भरतकुमार गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तमु ल्होसार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।