Logo

२०८३, श्रावण ३०गते


images
images

तमु छोंज धीं रुपन्देहीले विविध कार्यक्रमसहित ल्होसार मनाउने 

तमु छोंज धीं रुपन्देहीले विविध कार्यक्रमसहित ल्होसार मनाउने 

images
  • सेतोमसी सहकर्मी
  • तमु छोंज धीं रुपन्देहीले विविध कार्यक्रमसहित ल्होसार मनाउने 
    images
    images

    बुटवल  ।  तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होसार तमु धिं नेपाल-रुपन्देही ले विविध कार्यक्रम गरी मनाउने भएको छ। बाह्रवटा ल्हो(वर्ग)हरु मध्ये यसवर्ष तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस ११ देखि १५ गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो। 

    images
    images
    images

    मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै तमु छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले विविध कार्यक्रम गरि राष्ट्रिय पर्व तमू ल्होसार मनाउने बताएको हो। 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रिय सदस्य झम बहादुर गुरुङले राज्यले नेपालको मौलिक संस्कृतिलाई संरक्षण र विकास गर्नुपर्नेमा त्यसो नगरेको धारणा व्यक्त गरे। पत्रकार सम्मेलनमा गुरुङ भाषाविद बालेन्द्र सिंह गुरुङले तमु संस्कृति विज्ञानमा आधारित भएको बताए।  नेपाल सरकारले भारतका राजा बिक्रमादत्तले चलाएको विक्रम सम्बत मान्ने तर विज्ञानमा आधारित आफ्नै मौलिक क्यालेन्डरलाई स्विकार गर्न नसक्नु दुखद रहेको बताए।  

    images
    images
    images

    परिषदका अनुसार पौष ११ गते सबै नगर र इकाईमा सरसफाई, १२ गते जिल्ला समितिको कार्यालयमा रक्तदान कार्यक्रम, १३ गते अपाङ्ग आश्रममा दान, १४ गते झाँकी सहित शान्ति र्यालि र १५ गते बृहत ल्होसार सार्वजनिक समारोह गर्ने कार्यक्रम तय गरिएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।