बुटवल । रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम सहित तमु ल्होसार (पुष १५) मनाउने भएका छन् । तमुह्युल छौंजधीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको अगुवाइमा विभिन्न रचनात्मक कार्यक्रम सहित यसपटकको लहोसार सधैं झै मूल समारोहको आयोजना गरेर मनाउने तयारी गरिएको हो ।
बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरेर तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङले सो कुराको जानकारी दिए । सो अवसरमा पत्रकारहरुलाई जानकारी दिदैं उनले पुष ११ गते सह–सचिव तेज प्रसाद तमुको संयोजकत्वमा रुपन्देहीका सबै नगर तथा २७ वटै इकाइहरुमा बजार तथा मूख्य चोकहरुमा सरसफाई गर्ने, पुष १३ गते दीपावली गर्ने, पुष १४ गते बुटवलमा बृहत सांस्कृतिक झाँकी सहित शान्ति ¥याली गर्ने, इकाई स्तरमा २५ वर्ष सम्मका बीचमा नृत्य प्रतियोगिता गर्ने, क्यालेण्डर प्रकाशन गर्ने, पच्यु, क्ह्येप्रीहरुबाट पूजापाठ गर्नुका साथै शहरी विकास पूर्वमन्त्री सिता तमुको प्रमूख आतिथ्यतामा बुटवलमा औपचारिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यसका साथै पुष १५ गते मूख्य दिन तमु ल्होसारको दिन शुभकामना आदान प्रदान सहित बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयको प्रमूख आतिथ्यतामा बुटवल बेशक्याम्पमा मूल समारोहको आयोजना गरेर ल्होसार मनाइने अध्यक्ष बीमला गुरुङले जानकारी दिए ।
सो अवसरमा बोल्दै तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका प्रमूख सल्लाहकार भीम गुरुङले यो वर्षको तमु ल्होसार (पुष १५) गरुड वर्गलाई बिदाई तथा सर्प वर्गलाई स्वागत गरेर मनाउने तयारी रहेको बताए । अन्य ल्होसार तीथिमा मनाइने भएपनि तमु ल्होसार भने पुष १५ गते नै मनाइने जानकारी दिदैं उनले हरेक पुष १५ मा १२ वटा वर्ग चक्र क्रमिक रुपमा परिवर्तन हुने र सोही वर्ग चक्रको आधारमा तमु समुदायले आफ्नो उमेर गणना गर्ने चलन रहेको समेत बताए ।
कार्यक्रमलाई सफल बनाउनका प्रचारप्रसारको जिम्मेवारी प्रचार सचिव खेमानसिङ तमु र कुमार तमु, उपाध्यक्ष गंगा तमु जिल्लास्तरमा दीपावली गर्ने, आर्थिक व्यवस्थापन मन प्रसाद तमु, शान्ति ¥याली दीलमाया तमु र शेरजंङ्ग तमु, पूजा व्यवस्थापन ज्ञान बहादुर तमु लगायतलाई जिम्मेवारी तोकिएको छ ।
आयोजित कार्यक्रम प्रचार सचिव खेमानसिङ्ग तमुको स्वागत तथा सचिव आशा तमुको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology