Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता

बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता

images
  • बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता
    images
    images

    बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न भोलि (बिहीबार) देखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदैछ।

    images
    images
    images

    माघ २५ गते बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

    images
    images
    images

    प्रतियोगिताको बिहीबार बिहान ११ बजे देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ।

    images
    images
    images

    Tie Sheet.jpg

    उद्घाटन खेल न्यु होराइजन मावि र तिलोत्तमा माविका बीचमा मध्यान्ह १२ बजे फिफा टेक्निकल सेन्टरको मैदानमा हुने छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेड, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचको खेल फिफा टेक्निकल सेन्टरमा हुनेछ। बिहीबार नै जवई खेल मैदानमा सरस्वती मावि र ज्ञानपुञ्ज मावि, नवीन औद्योगिक र बुटवल ग्लोरीका बीचमा खेल शुरु हुनेछ।   

    प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

    उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।