देवदह। रुपन्देहीको देवदहमा ४२औं मगर स्थापना दिवस मनाइने भएको छ। आइतबार नेपाल मगर संघ देवदह नगर समितिले पत्रकार सम्मेलनको आयोजना गरि फागुन १५ गते मगर एकता दिवसको अवसरमा झाँकी र भेषभुषा सहितको कार्यक्रम आयोजना गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघ देवदहका अध्यक्ष मन बहादुर राना मगरले पानबारी खेलमैदानमा बृहत कार्यक्रम गरिने बताए । मगर संस्कृतिको प्रवर्धन र मगर समुदायको एकताको लागि कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रमसंगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान र मगर अगुवालाई समान सहोताको कार्यक्रम हुने जानकारी दिए ।
मगर दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम, बटुक, सेलरोटी लगायत खानाका परिकार सहित खेलकुदका कार्यक्रम अनि हुने जनाईएको छ ।
कार्यक्रमको मूल समारोहलाई लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी चौधरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संघका नगर सचिव आउने कार्यक्रम रहेको छ। मिलन मास्की रानाले बताएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा संस्थाका उपाध्यक्ष किशन बहादुर थापा, कोषाध्यक्ष बुद्धिमाया राना, लेखा समिति सदस्य तारा बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष नारायण श्रीस मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी चौधरी आउने कार्यक्रम रहेको छ।
यसैबीच देवदह नगरपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । मगर समुदायको बाहुल्य क्षेत्र रहेको र मगर संघले निरन्तर अनुरोध गरेका कारण विदा दिईएको जनाईएको छ ।
आइतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपाल मगर संघ देवदहले नगरपालिकाको क्यालेण्डरमै फागुन १५ गते सार्वजनिक विदा उल्लेख गरिनुपर्ने माग राख्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology