देवदह । रुपन्देहीको देवदह नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
आइतवारका थारु समुदायको महत्वपुर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने निर्णय भएको हो ।
देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा देवदह नगरपालिका कार्यालयको मिति २०८०/ ०६/०५ गतेको निर्णयानुसार आइतबार विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology