बुटवल । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले मुस्ताङी राजाको छोराको बिहेमा सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङले आइतबार विज्ञप्ति निकालेर मुस्ताङी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।
‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
झिग्मी सिंघी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् ।
पालिकाका जनताको माग अनुसार बिदा घोषणा गरिएको अध्यक्ष गुरुङले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology