दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा माघ २१ गते सोमवार सार्वजनिक विदा दिने भएको छ । आठौं स्थापना दिवसमा प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश प्रमुखको विशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न लागिएको र
बाजागाजा सहितको झाँकी प्रदर्शन गरिने जनाइएको छ ।
दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीनदिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ ।
शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
झाँकीहरुको विचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology