काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। को १ ज २५९३ नम्बरको जीप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
दुर्घटना स्थलमा इलाका प्रहरी चौकी हसनपुर, भोजपुरको टोली उद्धारको लागि खटिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
मृतकको शव निकाल्ने प्रयास भइरहेको छ। जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ। थप विवरण आउँन बाँकी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology