Logo

२०८३, श्रावण ३०गते


images
images

रातानाङ्गलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ४ घाइते

रातानाङ्गलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ४ घाइते

images
  • सेतोमसी सहकर्मी
  • रातानाङ्गलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ४ घाइते
    images
    images

    सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । बिहीबार बिहान २ बजे भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।

    images
    images
    images

    जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनका अनुसार जीप राति दुर्घटना भएपनि जानकारी नभएकाले अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘राति जीप दुर्घटना भएछ । हामीलाई जानकारी नै भएन । बिहानै मात्रै थाहा भएको हुँदा प्रहरी घटनास्थल पुगेर उद्वार भइरहेको छ । जिप के कसरी दुर्घटना भयो भन्नेर अहिले नै भन्न सकिन्न । गाडी भिरमा छ धेरै टाढा छ । रातिको समय र घुम्तीहरु धेरै भएको कारणले पनि घटना भएको होकि भन्ने छ ।’

    images
    images
    images

    जीपमा सवारको संख्या १० जना अनुमान गरिएको उनको भनाइ छ । दुईजना मृतक शव सडक ल्याइएको बाँकी दुई शव ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।