Logo

२०८३, श्रावण ३०गते


images
images

म्याग्दीको काफ्लचौरमा जीप दुर्घटनाः एकको मृत्यु, पाँच जना घाइते

म्याग्दीको काफ्लचौरमा जीप दुर्घटनाः एकको मृत्यु, पाँच जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • म्याग्दीको काफ्लचौरमा जीप दुर्घटनाः एकको मृत्यु, पाँच जना    घाइते
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । म्याग्दीमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा मंगला गाउँपालिका वडा नं. १ की ६१ वर्षकी फौमाया गर्वुजा रहेकी छन् ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएकी गर्वुजालाई उपचारका लागि बेनी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएकाहरुको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    घाइते हुनेमा विपना भण्डारी, रेजिना परियार, टेकबहादुर गर्बुजा, सन्तु केसी लगायत छन् ।

    म्याग्दीको थवाङबाट बेनीतर्फ आउदै गरेको ग१ज ६९३८ नं को जीप काफ्लचौरको उकालोमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडि गुडेर सडकमुनि खसेको थियो । जिप चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।