Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

बैतडीमा जीप दुर्घटनामा चार जनाको मृत्यु

बैतडीमा जीप दुर्घटनामा चार जनाको मृत्यु

images
  • बैतडीमा जीप दुर्घटनामा चार जनाको मृत्यु
    images
    images

    धनगढी । बैतडीको पाटन नगरपालिका-८ जयपृथ्वी राजमार्गअन्तर्गत विजयपुरनजिक झौलेकमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । 

    images
    images
    images

    बैतडीको सुर्नया गाउँपालिका-६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान भएको दुर्घटना हुदा तीन जनाको घरटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा सिगास गाउँपालिका-१ का २४ वर्षीय निशान्त बोहरा र २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका-३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै र सिगास गाउँपालिका-१ की २७ वर्षीया वसन्ती ऐरको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

    images
    images
    images

    अन्य ६ जना घाइते को उपचार भइरहेको र घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक र बाँकीको सामान्य रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।