Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह-५ का टोलहरूमा सिसिटिभी क्यामरा जडान हुँदै

देवदह-५ का टोलहरूमा सिसिटिभी क्यामरा जडान हुँदै

images
  • सेतोमसी सहकर्मी
  • देवदह-५ का टोलहरूमा सिसिटिभी क्यामरा जडान हुँदै
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ का टोलहरूमा सिसिटिभी क्यामरा जडान गर्ने कार्य सुरू भएको छ । टोलबासीलाई सुरक्षित गर्ने अभियान अन्तरगत टोलटोलमा सिसिटिभी क्यामरा जडान गरिएको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    चालु आर्थिक वर्षमा वडाले विनियोजन गरेको ४ लाख र टोलविकास संस्थाहरूले उपभोक्ताको लागत सहभागीता अन्तरगत संकलन गरेको दुई लाख गरि ६ लाखको लागतमा सिसिटिभी क्यामरा जडान गरिएको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    पाल्पाली टोल विकास संस्थामा टोल विकासबाट यसअघि नै क्यामरा जडान भएको र चालु आर्थिक वर्षमा अन्य ४ वटा टोलमा क्यामरा जडान गरिने सिसिटिभी क्यामरा जडान उपभोक्ता समितिका अध्यक्ष झमन थापाले जानकारी दिए । 

    images
    images
    images

    अध्यक्ष थापाका अनुसार अहिले खैरेनी गोठादी मार्ग टोल विकास संस्थामा ५ वटा, सिद्धार्थ कलोनी टोल विकास संस्थामा ५ वटा, दुर्गानगर टोल विकास संस्थामा ३ वटा र मितेरी गाउँ टोल विकास संस्थामा ३ वटा गरि १६ वटा सिसिटिभी क्यामरा जडानको सुरू भएको छ । 

    सिसिटिभी क्यामराको संरक्षण र त्यसको मोनिटरिङ्ग सम्बन्धित टोलविकास संस्थाले नै गर्ने गरि व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।  

    जम्मा २१ वटा टोल रहेको वडा नं ५ का बाँकी टोलमा आगामी आर्थिक बर्षको बजेटबाट क्यामरा जडान हुने नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष डुम्रेले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।