काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविनको लागि संसदीय छानबिन समिति सरकारले नबनाएसम्म संसद चल्न नदिने अडान सुनाएका छन्। कोहलपुरमा आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै आफूहरुले गृहमन्त्री राजीनामा नमागेको बताए।
उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानविन समिति बनाउनुपर्छ भनेका हौं। सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर दोषी छैन भने छानविन समिति बनाउन सरकार किन डराइराखेको छ?’
उनले अहिलेको मुख्य समस्या नै निर्वाचन प्रणाली भएकाले त्यसलाई परिवर्तन गर्न कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology