Logo

२०८३, श्रावण ३१गते


images
images

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला

images
  • कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित सङ्घका नेताहरूसँगको भेटघाटका क्रममा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न आग्रह गरे । 

    images
    images
    images

    ‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला,’ कोइरालाले भने, ‘दशैं–तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुख–दुःखमा पनि पुग्नुस् । दशैंको शुभकामना । कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औं महाधिवेशन पर्खनु पर्ने उनले बताए ।  ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ,’ कोइरालाले भने, ‘इमान्दार र योग्य जो कोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौँ ।’

    images
    images
    images

    भेटमा दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महतोले नेता कोइरालासँगको भेटमा दलित सङ्घको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए । 

    भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही रसाइली, सञ्जयकुमार गौतम, सांसद सीता मिजारलगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।