Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरभित्रका टोलविकास संस्थाको कार्यसमितिमा ३० प्रतिशत युवा अनिवार्य

बुटवल उपमहानगरभित्रका टोलविकास संस्थाको कार्यसमितिमा ३० प्रतिशत युवा अनिवार्य

images
  • सेतोमसी सहकर्मी
  • बुटवल उपमहानगरभित्रका टोलविकास संस्थाको कार्यसमितिमा ३० प्रतिशत युवा अनिवार्य
    images
    images

    बुटवल  । बुटवलमा टोलविकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ। बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन गर्दै युवाको सहभागिता अनिवार्य बनाउने निर्णय गरेको हो। 

    images
    images
    images

    जसअनुसार टोल विकास संस्थामा ३० प्रतिशत १४ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ। 

    images
    images
    images

    टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संसोधन गरिएको बताए। 'युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उदेश्य हो-उनले भने। 

    images
    images
    images

    यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।