Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कविता : आमा

कविता : आमा

images
  • कविता : आमा
    images
    images

    एउटा मुहानले
    कति निरन्तरता दिएको हुन्छ
    मुहान हुँ भन्ने साबित गर्न
    लाग्छ, यहि निरन्तरतामा 
    म यहाँ आमालाई देख्छु । 

    images
    images
    images

    पानीको मूललाई केही स्वार्थ छैन
    पानी बगिरहन्छ 
    कहाँ कहाँ पुग्छ
    कहाँ कहाँ बग्छ
    सबैलाई भयो भन्ने बनाएर  
    समुन्द्र पुग्छ 
    लक्ष्य भेट्छ
    लाग्छ, एउटा छोरोलाई लक्ष्य चिनाउने 
    म यहाँ आमालाई देख्छु ।

    images
    images
    images

    पानी,
    समुन्द्र टेकेपछी हो, आकाश देख्ने
    नत्र त हामिले झै 
    हजार ठक्करमा पिएचडी,
    सयौ भेलमा मौन बस्नैपर्छ 
    आकाश देख्नैको निम्ति भए पनि
     धैर्यताको समुन्द्र टेक्नैपर्छ 
    लाग्छ, धैर्यताहरुको पहाड देख्ने धैर्यता 
    जो संग हुन्छ, म यहाँ आमालाई  देख्छु ।

    images
    images
    images

    समुन्द्र खोज्न एक चम्चा पानी 
    आगनदेखि दुगुर्छ 
    नाली भेट्छ 
    कुलो भेट्छ 
    अल्लि ठूलो नहर भेट्छ
    अनि फेरि दुगुर्छ
    नदि भेट्छ 
    लामो सास तान्दै समुन्द्र भेट्याउछ 
    लाग्छ, सर्व-शक्तिहरु पनि बडेमानका इच्छाहरुले 
    डोर्‍याउदो रैछ
    यहि इच्छाशक्तिमा 
    म यहाँ 
    आमालाई देख्छु ।

    बालुवा चाल्दै चाल्दै
    सालिग्राम सङ घोलिदै
    अमृत बन्दै
    बाढीका मुडाहरुसंग घोच्चिदै 
    आधुनिकताको  अँगालो 
    टर्बाइन घुमाउदै 
    जसरी 
    पुजा कोठाको जलदेखि
    समुन्द्रको नुनसम्म 
    परिबर्तनसिलताको उच्चतम
    शक्ति देख्छु
    लाग्छ, म यहाँ आमा देख्छु ।

    आत्मविश्वास 
    भरिएपछि 
    आफ्नो गन्तव्यको बासना 
    मङ्मङ्ती देखिन्छ 
    आफ्ना हरेक छहराहरुमा 
    म यो दुरदर्शिताको अभ्याससंग 
    लाग्छ, म यहाँ आमालाइ देख्छु ।

    एक रुप अनेक काम
    धनिदेखी गरिबसम्म 
    डाक्टरदेखि बिरामीसम्म
    जङ्गलदेखि मंगलसम्म
    बिज्ञानका ल्याबदेखि
    झाक्रीका दुनासम्म
    पबित्र मानिने 
    एक घुट्की पानीलाई
    जसले करोडौं मूल्य बनाउन सक्छ 
    लाग्छ, म यहाँ आमालाइ देख्छु ।।। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।