देवदह । लायन्स क्लब अफ पाकरी बृक्षको आयोजनामा देवदहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबले आफ्नो स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज लगायतका सामाजिक संस्थाको सहयोगमा आयोजीत कार्यक्रममा ११ पोइन्ट रगत संकलन भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान, विभिन्न स्थानीय क्लबका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology