Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीकाे हिमालय माविबाट सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप चोरी

कास्कीकाे हिमालय माविबाट सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप चोरी

images
  • सेतोमसी सहकर्मी
  • कास्कीकाे हिमालय माविबाट सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप चोरी
    प्रतिकात्मक तस्बिर
    images
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । 

    images
    images
    images

    आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।

    images
    images
    images

    अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माविमा आइतबार कार्यालय सहयोगी पुग्दा ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने ।

    images
    images
    images

    विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर  ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।

    वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।