देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसबाट भलिवलको नेट चोरी भएको छ । क्याम्पस प्राङ्गणमा रहेको भलिवल कोटमा रहेको नेट पौष ७ गते राती ९ बजेको आसपासमा चोरी भएको क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिए ।
‘रातीको समयमा क्याम्पसको बाउण्ड्री पर्खाल नाघेर भित्र पसि नेट लगेको क्याम्पसमा रहेको सिसिटिभी फुटेजमा देखिएको छ । चोरेर लैजाने ब्यक्तिको फोटो सिसिटिभी फुटेजमा प्रष्ट देखिएको छ ।’ क्याम्पस प्रमुख अधिकारीले भने, ‘त्यसैले हामिले चोरेर लगेको सामग्री सकुसल क्याम्पसमा ल्याएर बुझाउनको लागि सार्वजनिक सूचना जारी गरेका छौं ।’
देवदह प्रहरी चौकीलाई बोधार्थ सहित सूचना प्रकाशित गरेको क्याम्पसले २४ घण्टा भित्र चोरेर लगेको सामान सकुसल फिर्ता नगरे अन्य कानुनी उपचार खोज्ने उल्लेख गरेको छ ।
यसै साता सोहि भलिवल कोर्टमा आदर्श बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको आव्हानमा जिल्ला स्तरीय खुल्ला क्याम्पस स्तरीय भलिवल प्रतियोगिता भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology