Logo

२०८३, श्रावण ३१गते


images
images

स्याङ्जामा एकै रातमा १४ ठाउँमा चोरी, सीसीटिभी फुटेजको हार्डड्राइभ पनि चोरी

स्याङ्जामा एकै रातमा १४ ठाउँमा चोरी, सीसीटिभी फुटेजको हार्डड्राइभ पनि चोरी

images
  • स्याङ्जामा एकै रातमा  १४ ठाउँमा चोरी, सीसीटिभी फुटेजको हार्डड्राइभ पनि चोरी
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । स्याङ्जाको पञ्चमूलको १४ ठाउँमा चोरी भएको छ । गएराती स्याङ्जा आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा वडा कार्यालय, गुम्बा, सहकारी, व्यक्तिको घर गरी १४ ठाउँमा चोरी भएको उक्त वडाका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    ‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । वडा कार्यालयको ४५ हजार रुपैयाँ राजस्व, सहकारीको ३ हजार रुपैयाँ जति खुद्रा पैसा पनि चोरी भएको प्रारम्भिक जानकारी आएको छ,’ वडाध्यक्ष अधिकारीले भने । चोरी गर्ने व्यक्तिले सहकारीको सिसीटिभी फुटेजको हार्डड्राइभ पनि लगेको वडाध्यक्ष अधिकारीले बताए । ‘पैसा ५/६ लाख रुपैयाँ जति चोरी भएको अनुमान छ । अहिले म प्रहरीकहाँ छु । थप अनुसन्धान हुँदैछ,’ उनले भने ।

    images
    images
    images

    आँधिखोला–१ को पञ्चमूलको ३ किलोमिटर क्षेत्रभित्र यी चोरीका घटना भएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।