Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको सोमबारे हाट बजारमा एक लाख २० हजार बराबरको तार र होल्डर चोरी

देवदहको सोमबारे हाट बजारमा एक लाख २० हजार बराबरको तार र होल्डर चोरी

images
  • देवदहको सोमबारे हाट बजारमा एक लाख २० हजार बराबरको तार र होल्डर चोरी
    images
    images

    देवदह । देवदहको सोमबारे हाट बजारमा चोरी भएको छ । आइतबार रातिको समयमा हाटबजारमा चोरी भएको हाट बजार व्यवसायी संघ देवदहका अध्यक्ष  मनिराम भण्डारीले जानकारी दिए ।  

    images
    images
    images

    हाटबजारबाट एक लाख २० हजार रूपैयाँ बराबरका वाइरिङ्ग तार र होल्डर चोरी भएको अध्यक्ष भण्डारीले बताए । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै अध्यक्ष भण्डारीले सिसिटिभी क्यामरा र सुरक्षाको अन्य कुनै व्यवस्था नहुँदा अपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रण गर्न नसकिएको बताए । "हाटबजारमा सिसिटिभी क्यामरा छैन ।" उनले भने, "निगरानीको कुनै संयन्त्र नहुँदा अपराधिक गतिविधि गर्नेहरूले चोरी लगायतका कार्य गर्ने गरेका छन् ।" 

    images
    images
    images

    देवदह नगरपालिका र देवदह प्रहरी चौकीले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।

    सोमबारे हाटबजारमा १८ वटा शेड रहेका छन् । जसमा  २५० व्यवसायीहरूले व्यवसाय गर्दै आएका छन् भने साप्ताहिक रूपमा २५ देखि ३० लाखसम्मको कारोबार उक्त हाट बजारमा हुने गर्दछ । 

    सोमबारे हाट बजारलाई देवदह नगरपालिकाले ६ लाख ११ हजारमा टेन्डरमा लगायर कर लिंदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।