Logo

२०८३, श्रावण ३०गते


images
images

बागमतीका ६ संसदीय समिति सभापतिले लिए शपथ

बागमतीका ६ संसदीय समिति सभापतिले लिए शपथ

images
  • सेतोमसी सहकर्मी
  • बागमतीका ६ संसदीय समिति सभापतिले लिए शपथ
    images
    images

    हेटौंडा । बागमती प्रदेश संसदीय समितिका नवनिर्वाचित ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    प्रदेश मामिला समिति सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

    images
    images
    images

    प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेस प्रदेशसभा सदस्य हुन् । उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समिति सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् ।

    images
    images
    images

    यसअघि बागमती प्रदेशसभामा पाँच वटामात्र समिति थियो । सत्तारुढ दल र विपक्षको भागबन्डा मिलाउन एउटा समिति थपिएको हो ।

    बागमती प्रदेशसभामा सहभागी ८ मध्ये ६ वटा दलले समितिको नेतृत्व पाएका छन् । सत्तारुढ हाम्रो नेपाली पार्टी र विपक्षी दल नेपाल मजदुर किसान पार्टीले भने समितिको नेतृत्व पाएन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शपथ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।