काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित सभामार्फत उनीहरूलाई शपथ गराए ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसपछि राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्रीमा नियुक्त गरेका थिए ।
नयाँ मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । राष्ट्रपति कार्यालयका अनुसार श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology