विनोद खनाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगर समितिले नगरप्रमुख खेलराज पाण्डे समक्ष १४ बुँदे मागपत्र पेष गरेको छ । मंगलबार नेकपाका केन्द्रीय सदस्य सरद सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
बुटवलउपमहानगर भित्रका बिबिध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेष गर्दै पार्टीका केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज सरद सी ले नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा नगरपालिका गंभिर भएको र क्रमश कार्यान्वयनमा जाने नगरप्रमुख खेलराज पाण्डेले बताएका थिए ।
तिनाउदानब नदी करिडोर समस्या, भुमिहिन सुकुम्बासी लालपुर्जा बितरण, नगरपालिकाको सेवाप्रवाह एवं सरकारी सेवा शुल्क, नदिजन्य पदार्थको उत्खनन् र निकासी, लक्ष्मीनगर ज्योतिनगर पहिरो, तटबन्ध, सडक निर्माण लगायतका जनसरोकातका १३ बुँदे मागपत्र बुझाउँदै नेकपाले आबस्यक प्रकृया पुर्याई अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो।
मागहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ।
नेकपा केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज सरद सी र नगर सेक्रेटेरी विज्ञान सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै नगर प्रमुख खेलराज पाण्डेले सबैका साझा मुद्धा र सरोकारका मुद्धा उठाएकोमा नेकपालाई धन्यबाद ज्ञापन गर्दै सबैको साझा सहकार्य र पहलकदमिमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology