Logo

२०८३, श्रावण ३०गते


images
images

उपाध्यक्ष लामाद्धारा चिनियाँ उपमन्त्री होङसँग भेटवार्ता, लुम्बिनीको विकासबारे छलफल

उपाध्यक्ष लामाद्धारा चिनियाँ उपमन्त्री होङसँग भेटवार्ता, लुम्बिनीको विकासबारे छलफल

images
  • सेतोमसी सहकर्मी
  • उपाध्यक्ष लामाद्धारा चिनियाँ उपमन्त्री होङसँग भेटवार्ता, लुम्बिनीको विकासबारे छलफल
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चिनको शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङविच विहिबार भेटवार्ता भएको छ । 
    मन्त्री स्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरुको संरक्षण विकास र प्रवद्र्धन एंव लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्ने लगायतका बिषयमा छलफल भएको छ । 

    images
    images
    images

    उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनी पवित्र स्थल भएकाले चिनको शान्सी प्रान्तबाट तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गराउन गरे । यस्तै उपाध्यक्ष डा.लामाले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफुहरु लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरुसँग सहकार्य गर्न तयार रहेको बताए । लुम्बिनी विश्वभरका बौद्ध सम्प्रादाय र शान्तिमार्गीहरुको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाको होङसँग आग्रह गरेका हुन् । 

    images
    images
    images

    भेटमा शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङले आफू बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी भएको बताउँदै आगामि दिनमा सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । भेटमा शान्सी प्रान्तका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता समेत भएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए । भेटवार्तापछि उपहार साटासाट गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।