Logo

२०८३, श्रावण ३०गते


images
images

स्वस्थ जीवन

कटहरसंगै खान नहुँने पाँच खानेकुरा

कटहरसंगै खान नहुँने पाँच खानेकुरा

images
  • कटहरसंगै खान नहुँने पाँच खानेकुरा
    images
    images

    अहिले कटहरको मौसम छ। धेरै जसोले कटहरको फल र तरकारी खान रुचाउँछन् । कटहर खानुका धेरै लाभहरू छन् । काँचो र पाकेको दुवै प्रकारका कटहर स्वास्थ्यका लागि उत्तम मानिन्छन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, जिंक, क्याल्सियम, पोटासियमजस्ता पोषक तत्व पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर सावधानीपूर्वक नखाए कटहरले स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । केही यस्ता खानेकुराहरु छन्, जुन कटहरसँगै  खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा यी खानेकुराहरु खानुहुँदैन ।

    images
    images
    images

    १. भिन्डी : कटहर र भिन्डी सङ्गै खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत हुनेजस्ता समस्या हुन सक्छ ।  त्यसैले कटहर र भिन्डी सङ्गै नखाएको राम्रो ।

    images
    images
    images

    २. मेवा : कहिल्यै पनि कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

    images
    images
    images

    ३. दुध : कसैले कटहर खाएपछि दुध खाने भन्छन् तर यो गलत हो । कटहर खाएपछि तुरुन्तै दुध खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिनसक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानुहुँदैन।

    ४. पान : कटहर खाएलगत्तै पान पनि खानु हुँदैन । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । पान र कटहरको प्रकृति फरक हुने भएकोले यो एकैपटक नखाएको राम्रो ।

    ५. मह : कटहर खाए पछि मह पनि खानु हुँदैन । यी दुबैमा उच्च पोषक तत्व पाइने हुनाले पाचनक्रियामा समस्या आउन सक्छ।

    हामीले हरेक खानेकुरा आफ्नो स्वास्थ्यप्रति सचेत भएर खानुपर्छ । खानका लागि खाने नभै स्वास्थ्य राम्रो बनाउनका लागि खाने हो भन्ने हेक्का हुन जरुरी छ । हामीले जहिले पनि जिब्रोलाई  ध्यानमा राखेर खानेकुरा  खान्छौ । यो हाम्रो ठुलो गल्ती हो । जिब्रोलाई माया गर्न छोडेर शरीरलाई माया गरौं । धेरै हदसम्म स्वस्थ रहन सक्छौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वस्थ जीवन
  • # कटहर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।