Logo

२०८३, श्रावण ३०गते


images
images

स्वस्थ जीवन

नुन कति खाने, कसरी खाने ?

नुन कति खाने, कसरी खाने ?

images
  • नुन कति खाने, कसरी खाने ?
    images
    images

    हामीले दैनिक जीवनमा बिहानदेखि साँझसम्मको हरेक आहार दाल, तरकारी, अचार, साग, माछा, मासु साथै दिउँसोको खाजा मःम, चाउमिन, चटपटे, चाउचाउ, समोसा, चाट लगायत हरेक खानपिनमा नुनको मात्रा जरुरी हुन्छ । नुनको मात्रा कम भयो भने हाम्रो शरीरमा विभिन्न रोग लाग्न सक्छ । त्यसैले नुन हाम्रो शरीरलाई चाहिने महत्त्वपूर्ण खाद्य तत्व हो । तर नुन हाम्रो शरीरलाई जति आवश्यक छ, यसको मात्रा बढी भयो भने त्यति नै बेफाइदाजनक पनि छ । हाम्रो खानामा नुनको मात्रा बढी भयो भने स्वास्थ्यमा विभिन्न समस्याहरु  देखा पर्छन् ।

    images
    images
    images

    हाम्रो शरीरलाई २४ घण्टामा ५ ग्राम नुन जरुरी पर्छ । आयुर्वेद र पूर्वीय विज्ञानले भने हामीले नुन विभिन्न प्राकृतिक आहारबाट पनि सजिलै प्राप्त गर्न सक्छौँ भन्ने तथ्य निकालेको भए पनि हाम्रो शरीरको लागि केही मात्रामा नुन आवश्यक रहेको हुन्छ । केहि वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षण अनुसार नेपालीहरूले आवश्यकता भन्दा बढी नुन खाने गरेको पाइएको थियो । १५ देखि ६९ वर्ष उमेर समूहका पाँच हजार बढी व्यक्तिहरुमाथि सर्वेक्षण गरिएको थियो । 

    images
    images
    images

    नुन एक प्रकारको रासायनिक तत्व हो । मुख्य रूपमा यसमा सोडियम क्लोराइड जस्ता सूक्ष्म तत्वहरू हुन्छन् । दैनिक जीवनमा नुन हामीले बढी नै प्रयोग गर्छौं । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । हाम्रो शरीरमा भएका हरेक मांसपेशी, रगत तथा तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । रक्तचापको प्रवाहलाई नियन्त्रण गर्न पनि केही मात्रामा नुन आवश्यक हुन्छ । त्यस्तै नुनले स्नायु र मांसपेशीलाई सक्रिय राख्न मद्दत गर्छ । शरीरका अन्य अङ्गहरुसम्म सूचना आदानप्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

    images
    images
    images

    विशेष गरेर गाउँ घरमा बसोबास गर्नेहरु शहरमा बसोबास गर्नेहरुको दाँजोमा बढी नै नुनमा निर्भर भएका हुन्छन् । तरकारी दाल जेमा पनि नुन अलि कम भयो भने नुन थपेर खाने प्रचलन बढी छ । केही दिन नुन छोड्न पर्यो भने रक्तचाप घट्ने र शरीरको तागत नै ओइलाएर जाने र बेहोस नै हुने स्थिति हुन्छ । 

    तर जनावरले नुन नखाए पनि हृष्टपुष्ट नै देखिन्छन् । यसको कारण उनीहरू प्राकृतिक खानेकुराबाट नै नुनको परिपूर्ति गर्छन् । प्रायः सबै सागसब्जीमा नुनको मात्रा हुन्छ । तर हामी पकाउँदाखेरि त्यसमा थप नुन हालेर खाने गर्छौं । विभिन्न खानाबाट प्राकृतिक रुपमै प्राप्त हुने नुनलाई थप पकाएर अझै हानिकारक बनाउने मात्रै नभै अझै थपेर खाने बानीले हामी झनै अवस्थ हुन पुग्छौँ । औसतमा हामीले न्यूनतम पनि एक छाकमा दाल, तरकारी र अचार मात्र समावेश गरे पनि लगभग १० ग्राम जति नुन खपत गरिरहेका हुन्छौँ । अलि चर्को खानेहरूले दुई छाकमा २० ग्रामसम्म नुन प्रयोग गरिरहेको देखिन्छ । 

    नुनको प्रयोगको सट्टा सागसब्जीबाट प्राप्त हुने प्राकृतिक नुनमै बढी जोड दिनु धेरै स्वस्थकर हुन्छ । उच्च रक्तचाप र मुटुका बिरामीले नुन थपेर खानु हानिकारक हुन्छ। नुनको अत्यधिक प्रयोगले शरीरका विभिन्न अङ्गहरु जस्तै  मिर्गौला, मुटु, पाचनप्रणाली, रक्तचापदेखि हड्डी र छालालाई समेत हानी हुन सक्छ । छालाको चमक घटाउने, सङ्क्रमण बढाउने, छालाको प्रतिरोधात्मक क्षमता कम गर्ने, एलर्जी हुने जस्ता समस्या आउन सक्छन् । 

    मृगौला, फोक्सो र कलेजोले रगतलाई छान्ने काम गर्छन् । नुन सिधै रगतमा जाने हुँदा नुन बढी हुँदा तीनवटै अङ्ग थाक्छन् । जसकारण शरीरले चाहिनेभन्दा बढी पानी खोज्छ। त्यही अनुसारको पानी खाने र पिसाबबाट जाने हुँदा शरीरले आराम गर्न पाइरहेको हुँदैन ।

    सकेसम्म हिमाली क्षेत्रमा बनेको नुन खानुपर्छ, जसलाई वीरेनुन वा सिधेनुन भनिन्छ । यस्ता नुन खाने बानी गर्दा शरीरलाई फाइदा पुग्छ । नुनको मात्रा पहिलेदेखि खाइरहेको खानपानमा भर पर्छ । शरीरलाई दैनिक नुन यति आवश्यक छ भने पनि शरीरको माग अनुसार खाने हो । नुन थपेर खानु हुँदैन । धेरै परिश्रम गर्ने व्यक्तिको लागि काम अनुसार नै नुन आवश्यक पर्छ । शारीरिक कसरत कम हुने व्यक्तिहरुले  नुनको आवश्यक कम हुन्छ । हामीले प्राकृतिक खानेकुरा हरियो सागसब्जी तरुल, आलुबाट नुन प्राप्त गरिरहेका हुन्छौँ । नुन हाम्रो स्वास्थ्यका लागि अतिआवश्यक भएको कारण स्वास्थ्यका लागि सन्तुलनमा खाँदा हानिकारक हुँदैन । यसको अत्यधिक मात्रामा प्रयोगले मात्र शरीरलाई हानि गर्छ । उच्च रक्तचाप, मुटुरोग भएका व्यक्तिले नुन कम खानु राम्रो हुन्छ । धेरै नुन खानुले उच्च रक्तचाप, हृदयघात, मिर्गौला समस्या निम्त्याउने गर्छ । 

    तथापि नुन वास्तवमा मानव शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, गर्भवती तथा दुध खुवाउने आमालाई दैनिक २५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्ने कुरा प्रति पनि हामी सचेत रहन जरुरी छ।

    अहिले बजारमा आएको आयोनुन खाँदा पनि हामी धेरै सचेत हुन जरुरी छ ।  समुन्द्रको पानीलाई प्रशोधन पश्चात् नुन तयार गरेर प्याकेजिङ्ग गरी घर घरमा पुर्याइन्छ। त्यो नुनलाई सिधै भान्सामा प्रयोग गर्नुभन्दा थोरै पानीमा केहीबेर घोलेर थिग्राएर त्यो पानीलाई नहल्लाई माथि माथिको पानी मात्रै प्रयोग गर्यौँ भने धेरै हदसम्म स्वस्थ रहन सकिन्छ । कहिलेकाहीँ नुनमा फलामका टुत्रा र किरा फटयाङ्ग्रा समेत भेटिन्छन् । त्यसैले पोकाबाट सिधै खानामा प्रयोग गर्नु राम्रो होइन।

    अन्ततः, कुनै पनि खाद्य वस्तु शरीरको आवश्यकता अनुसार मात्रा मिलाएर खायौं भने मात्र शरीर स्वस्थ रहन्छ । सामान्यतया, नुनको सेवनले स्वास्थ्यमा समस्या ल्याउने जस्तो नदेखिए तापनि यसको अनियन्त्रित र अत्यधिक प्रयोगले यावत् स्वास्थ्य समस्या निम्त्याउन सक्छ । नुनको अल्प तथा अति ग्रहणको असर राम्ररी बुझेर मात्रै नुनको सेवन गर्नुपर्छ र सकेसम्म प्रशोधित नुनको प्रयोग कम गरी बिरेनुन र सिधे नुनको प्रयोगले धेरै हदसम्म स्वस्थ जीवन जिउन सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वस्थ जीवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।