ध्यान भनेको दिमागलाई स्वस्थ बनाउन गरिने एक किसिमको तालिम, शून्यको स्थिति अथवा अभ्यास हो । पछिल्लो समय सर्वत्र ध्यानको लोकप्रियता बढ्दै गएको छ । किनभने धेरै मानिसहरूमा ध्यानका लाभहरू थाहा हुँदै गएको छ । धेरै मानिसहरू यसलाई तनाव कम गर्न र एकाग्रताको विकास गर्न ध्यान अपरिहार्य भएको महसुस गर्न थालिसकेका छन् । आज वैज्ञानिक दृष्टिकोणबाट पनि ध्यान गर्नुका फाइदाहरुका बारेमा चर्चा हुन थालेका छन् ।
अहिलेको परिप्रेक्ष्यमा सामान्यतया मानिसहरुले तनाव कम गर्न र स्मरण शक्ति बढाउन ध्यान गर्ने गर्छन् । विभिन्न अध्ययनहरुले ध्यान गर्दा तनाव कम हुने निष्कर्ष निकालेको छ । सामान्यतया, मानसिक र शारीरिक तनावले तनाव हार्मोन कोर्टिसोलको स्तर बढाउँछ । यसले तनावका धेरै हानिकारक प्रभावहरू उत्पादन गर्दछ । यी प्रभावहरूले निद्रामा बाधा पुर्याउन सक्छ, अवसाद र चिन्तालाई बढावा दिन सक्छ । रक्तचाप बढाउन सक्छ र थकान र सोचमा परिवर्तन ल्याउँछ। यसबाहेक, अनुसन्धानले ध्यानले तनाव सम्बन्धित अवस्थाका लक्षणहरू पनि कम गर्न सक्ने देखाएको छ ।
ध्यानले तनावको स्तर कम गर्न सक्छ, जसले एन्जाइटी नियन्त्रण गर्छ । अन्तराष्ट्रिय स्तरमा लगभग १३ सय किशोरकिशोरीहरूमा गरिएको विश्लेषणमा ध्यानले एन्जाइटी कम गर्ने देखाएको थियो ।
एउटा अध्ययनले आठ हप्ताको माइन्डफुलनेस मेडिटेशन गर्नाले एन्जाइटीको समस्या भएका मानिसहरूमा चिन्ताका लक्षणहरू कम गर्न मद्दत गरेको तथ्य फेला परेको थियो। गम्भीर दुखाइ भएका व्यक्तिहरूमा गरिएको अर्को अध्ययनले ८ हप्ताको ध्यान कार्यक्रम पूरा गर्नाले १ वर्षमा एन्जाइटी, चिन्ता र दुखाइमा सुधार भएको पत्ता लागेको थियो। ध्यानले जुनसुकै चिन्तालाई नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ ।
साथै, एउटा अध्ययनले आठ हप्ताको माइन्डफुलनेस मेडिटेशन गर्नाले एन्जाइटीको समस्या भएका मानिसहरूमा चिन्ताका लक्षणहरू कम गर्न मद्दत गरेको तथ्य फेला परेको थियो। गम्भीर दुखाइ भएका व्यक्तिहरूमा गरिएको अर्को अध्ययनले ८ हप्ताको ध्यान कार्यक्रम पूरा गर्नाले १ वर्षमा एन्जाइटी, चिन्ता र दुखाइमा सुधार भएको पत्ता लागेको थियो। ध्यानले जुनसुकै चिन्तालाई नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ ।
ध्यानले आत्मविश्वास र जीवनलाई सकारात्मकतातिर लैजान मद्दत गर्छ । ध्यान गर्ने व्यक्तिहरू ध्यान नगर्नेको तुलनामा डिप्रेसनका लक्षणहरू कम अनुभव गरेको अध्ययनहरूको समीक्षाले देखाएको छ। अर्को अध्ययनले पत्ता लगाएको छ कि ध्यान गर्ने व्यक्तिहरूले सकारात्मक ऊर्जाहरु महसुस गर्छन् ।
ध्यानले मानिसको बुझाइको क्षमता विकास गर्न मद्दत गर्छ । जसले गर्दा आत्मविश्वास बढ्छ, आफ्नो धारणाहरु स्पष्ट रुपमा राख्न सकिने भइन्छ। ध्यानले हानिकारक वा आत्म-पराजित हुन सक्ने विचारहरू पहिचान गर्न सिकाउँछ। जसले गर्दा चुनौतीहरु सामना गर्न सहज हुन्छ ।
ध्यानले एकाग्रता र स्पष्टतामा सुधार ल्याउँछ । जसको कारणले उमेर बढ्दै जाँदा घट्दै जाने स्मरणशक्तिमा समेत सुधार आउन सक्छ । अनुसन्धानमा ध्यानले पुरानो मेमोरी सम्झिन र मानसिक द्रुतता बढाउन सहयोग गर्छ भनिएको छ । ध्यानले डिमेन्सिया भएका बिरामीहरूमा समेत कम्तिमा आंशिक रूपमा मेमोरी सुधार गर्न सक्छ। यसले डिमेन्सिया भएका परिवारका सदस्यहरूको हेरचाह गर्नेहरूलाई तनाव नियन्त्रण गर्न र सामना गर्न सुधार गर्न मद्दत गर्न सक्छ ।
त्यसै गरि ध्यानले मुटुमा पर्ने तनाव कम गरेर शारीरिक स्वास्थ्यमा पनि सुधार ल्याउन सक्छ। उच्च रक्तचापले मुटुलाई रगत पम्प गर्न गाह्रो बनाउँछ, जसले गर्दा मुटु कमजोर हुन सक्छ। उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ। जस्को लागि हरेक दिन ध्यान गर्ने बानीको विकास गर्यौ भने हृदयघातबाट पनि बच्न सकिन्छ ।
अरु तरिका थाहा नभए पनि आफूले मान्ने गरेको भगवान् अथवा आफ्नो पूजाकोठामा बसेर १० मिनेट आँखा बन्द गरेर आफूले मान्ने भगवानलाई सम्झिँदै कामना गर्यौँ भने पनि हाम्रो मन धेरै शान्त हुनेछ । कसैलाई त ध्यान गर्दा आँखाबाट आँसु बगिरहेको पनि हुन्छ । ध्यान गर्दा पूजा गर्दा आँसु बग्नु नराम्रो होइन । मन शान्त हुन्छ । पखालिन्छ ।
ध्यान गर्ने विभिन्न तरिका छन् । भगवान बुद्धको ज्ञानमा समथ ध्यान र विपश्यना ध्यानलाई विशेष ध्यानको रुपमा लिइन्छ भने ब्रम्हा कुमारी ईश्वरीय विश्वविद्यालयमा राजयोग गरिन्छ र आँखा खोलेर ध्यान गरिन्छ । त्यस्तै विभिन्न योग गुरुहरुले ध्यानलाई विशेष महत्त्वका साथ यौगिक प्याकेजमा समावेश गरेका छन् ।
हामीलाई अरु तरिका थाहा नभए पनि आफूले मान्ने गरेको भगवान् अथवा आफ्नो पूजाकोठामा बसेर १० मिनेट आँखा बन्द गरेर आफूले मान्ने भगवानलाई सम्झिँदै कामना गर्यौँ भने पनि हाम्रो मन धेरै शान्त हुनेछ । कसैलाई त ध्यान गर्दा आँखाबाट आँसु बगिरहेको पनि हुन्छ । ध्यान गर्दा पूजा गर्दा आँसु बग्नु नराम्रो होइन । मन शान्त हुन्छ । पखालिन्छ । वास्तवमा हामी जे गर्छौँ मनैबाट लीन भएर गर्नु पनि ध्यान हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology