Logo

२०८३, श्रावण ३०गते


images
images

स्वस्थ जीवन

जाडोबाट जोगिन के गर्ने, के नगर्ने ?

जाडोबाट जोगिन के गर्ने, के नगर्ने ?

images
  • जाडोबाट जोगिन के गर्ने, के नगर्ने  ?
    images
    images

    नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको देश हो । हिमाली, पहाडी भूभाग र विविध मौसम भएको देशमा जाडो याम विशेष संवेदनशील मानिन्छ । नेपालमा मंसिरदेखि फागुन महिनासम्म चिसोको प्रभाव रहने गर्छ । जसको असर विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरुमा बढी देखिन सक्छ । जाडोले सामान्य रुघाखोकीदेखि गम्भीर समस्यासम्म निम्त्याउन सक्छ । निमोनियाकै कारण हरेक वर्ष नेपालमा कैयौँ वृद्ध वृद्धाले मृत्युवरण गरेका समाचारहरु हामीहरुले सुनिरहेका हुन्छौँ । त्यसैले नियमित जीवनशैली, सावधानी र स्वास्थ्यकर बानीले जाडो यामलाई सुरक्षित र सहज बनाउन ठूलो योगदान पुर्‍याउँछ ।
     
    जाडो महिनामा अरुबेला भन्दा विशेष ख्याल राख्नको लागि मुख्यतया हाम्रो पहिरन, खानपिन, पानी र हाम्रो जीवन शैली महत्त्वपूर्ण पक्ष हुन् । जाडोको प्रभावबाट बच्न निम्न कुरामा विशेष ध्यान दिन जरुरी छ । 

    images
    images
    images


    १)  तह तह कपडा लगाउने : पहिला हल्का, त्यसपछि न्यानो, अनि माथि वाटरप्रुफ ज्याकेट वा कोट लगाउने ।
    २) टोपी, मफलर, मोजा अनिवार्य गर्ने: शरीरको तल्लो भाग र टाउकोबाट धेरै तातो निस्कने भएकाले यी भाग छोपिनु आवश्यक हुन्छ ।
    ३) ऊन वा थर्मल कपडा प्रयोग गर्ने: अन्य धेरै बाक्लो लुगा भन्दा ऊन वा थर्मल लेयरले शरीरको तापक्रम राम्रोसँग जोगाउँछ ।
    ४) भिजेका कपडा तुरुन्तै परिवर्तन गर्ने: भिजेका कपडाले शरीरको तापक्रम छिट्टै घटाउँछ । सकेसम्म जाडोको समयमा कपडासहित नभिज्ने, यदि भिजिहालेको खण्डमा तुरुन्तै कमपडा परिवर्तन गर्ने ।
    ५) घरका झुयाल ढोका खुल्ला नराख्ने : झ्याल–ढोका राम्ररी बेरिनु जरुरी छ । ताकि चिसो हावा भित्र नछिरोस् ।
    ६) भुँई बरण्डाहरुमा कार्पेट, पर्दा, बाक्लो कपडा बिछ्याउने र प्रयोग गर्ने ।
    ७) जाडो यामभर तातो पानी प्रयोग गर्ने, पानी तताउने झोल–ब्याग वा हिटर प्रयोग गर्दा सावधानी अपनाउने ।
    ८) धुवाँ ननिस्कने सुरक्षित हिटरहरू (जस्तै इलेक्ट्रिक हिटर) प्रयोग गर्ने ।
    ९) धेरै बाक्लो र गह्रौं स्वेटरभन्दा सहज किसिमको डाउन ज्याकेट लागाउने ।
    १०) सुत्ने समयमा पनि धेरै गह्रौं सिरकभन्दा हल्का खालका फाइबर सिरक र ब्ल्याङ्केट प्रयोग गर्ने ।

    images
    images
    images

    जाडोमा तातो र पोषिलो खाना :

    images
    images
    images

    जाडोमा शरीरलाई न्यानो राख्न पर्याप्त पोषक तत्व र पानीको आवश्यकता पर्छ किनभने बिहान–बेलुका मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै जरुरी र राम्रो हुन्छ । त्यस्तै हरियो तरकारी तथा माछा मासुको सुप, सिन्की, मस्यौराको झोल, दुध जस्ता तातो खानेकुराले शरीरलाई ऊर्जा र न्यानोपन दिन्छ । त्यस्तै अदुवा, मरिच, बेसार, दालचिनी जस्ता मसालेदार पदार्थले शरीरलाई तातो राख्न मद्दत गर्छन् । 

    हरियो तरकारी तथा माछा मासुको सुप, सिन्की, मस्यौराको झोल, दुध जस्ता तातो खानेकुराले शरीरलाई ऊर्जा र न्यानोपन दिन्छ । त्यस्तै अदुवा, मरिच, बेसार, दालचिनी जस्ता मसालेदार पदार्थले शरीरलाई तातो राख्न मद्दत गर्छन् । 

    हरियो सागसब्जी, मौसमी फलफूल (सुन्तला, कागती, स्याउ), कन्दमूलको प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । सुकुटी, अण्डा, दूध, मकै, गहुँ, चामलजस्ता ऊर्जा दिने खानाबाट भिटामिन र मिनरल प्रशस्त मात्रामा पाइन्छ । जाडोमा अर्को महत्त्वपूर्ण कुरा पानी हो । जाडोमा तिर्खा कम लाग्ने भए पनि शरीरलाई पर्याप्त पानी आवश्यक हुन्छ । निर्जलीकरणले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । त्यसैले कम्तीमा तीन लिटर पानी जाडो महिनामा पनि पिउनु पर्ने हुन्छ ।

    जाडोमा रुघाखोकी र फ्लुबाट बच्ने उपाय :

    १) अत्यधिक भिडभाडमा कम जाने । जानै परे मास्क लगाउने ।
    २) साबुन–पानीले पटक–पटक हात धुने ।
    ३) बिरामी व्यक्तिसँग नजिक सम्पर्क कम गर्ने ।
    ४) पर्याप्त आराम र निन्द्रा लिने ।
    ५) खानपिनमा विशेष ध्यान दिने ।

    बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाहरुका लागि विशेष हेरचाह  

    बालबालिकाका लागि : 

    १) बच्चाहरूले बाहिर खेलेपछि कपडा बदलिदिने ।
    २) न्यानो टोपी र मोजा अनिवार्य लगाइदिने ।
    ३) बच्चाको कपाल भिजेको भए सुकाएर मात्र ओछ्यानमा सुताउने ।
    ४) मनतातो पानी पटक पटक पिउन दिने ।
    ५) फलफूललाई तातोपानीमा भिजाएर  दिने ।

    वृद्धवृद्धाका लागि :

    १) रक्तचाप नियन्त्रणमा राख्ने, किनकि चिसोमा रक्तचापमा उतारचढाव हुन सक्छ ।
    २) निमोनिया तथा हृदयका रोगीले अत्यधिक चिसोमा बाहिर ननिस्किने ।
    ३) नियमित औषधि समयमा खाने ।
    ४) सकेसम्म हल्का भएपनि व्यायाम गर्ने ।
    ५) खानपिनमा सावधानी अपनाउने ।

    गर्भवती महिलाका लागि :

    १) चिसोबाट बच्ने । चिसोले ज्वरो, रुघाखोकी वा फ्लु भए बच्चामा छिटो संक्रमण हुन सक्छ ।
    २) जाडोयाम भर हरेक समय तातो पानीको प्रयोग गर्ने । 
    ३) न्यानो कपडा प्रयोग गर्ने । 
    ४) पौष्टिक आहार पटक–पटक खाने ।
    ५) स्वास्थ्य स्थिति अनुसार आराम गर्ने ।

    हरेक व्यक्ति बिहान–बेलुका केही समय हिँड्नु स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । हल्का दौड, योगा वा घरमै गर्न मिल्ने व्यायामले शरीरमा ताप, ऊर्जा र रक्तसञ्चारमा सुधार गर्छ । जाडोमा धुलो–धुँवा तथा भाइरसको प्रभाव बढी हुने भएकाले घर आँगन सफा राख्ने, नियमित रूपमा सरसफाइ गर्ने, ओछ्यान, सिरक, तकिया घाममा सुकाउने कार्य नियमित गर्नुपर्छ । 

    नेपालका धेरै ग्रामीण क्षेत्रमा दाउरे चुलोको प्रयोग गरिने भएका कारण धुवाँको समस्या हुन्छ । यसले फोक्सोमा गम्भीर असर पार्न सक्छ, त्यसैले चुलो जलाउने कोठामा हावा–प्रवाहको राम्रो व्यवस्था गर्ने र सकेसम्म धुवाँरहित चुलो इलेक्ट्रिक चुलो वा ग्याँस चुलो प्रयोग गर्नुपर्दछ ।

    जाडो मौसम आफैँमा चुनौतीपूर्ण भएपनि सजगता, उचित पहिरन, पोषिलो आहार, स्वच्छता र सुरक्षित बानीले यसलाई सजिलै पार गर्न सकिन्छ ।

    लामो यात्रा गर्दा न्यानो कपडा, थर्मसमा तातो चिया वा पानी साथमा राख्ने बानी गर्नु उपयुक्त हुन्छ । मोटरसाइकल वा स्कुटर चलाउँदा हात–खुट्टालाई सुरक्षित राख्ने । ग्लभ्स, मास्क , चस्मा प्रयोग गर्ने । बढी चिसो हुने ठाउँ जस्तै हिमाली बस्तीमा जानुपरे बिस्तारै तापक्रममा अभ्यस्त हुँदै जाने । एक्कासि जाँदा स्वासप्रस्वासमा समस्या आइ ज्यान जाने डर समेत हुन सक्छ ।

    परोपकारी भावना जागृत गरि समुदायमा बूढाबूढी, अपाङ्गता भएका व्यक्ति, सडकमा बस्ने मानिस तथा आर्थिक रूपमा कमजोर परिवारका लागि न्यानो कपडा बाँड्ने, वा आँफु स्वयम् त्यस्ता कार्यहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेको खण्डमा अन्य सहयोग र सहकार्य गर्ने । समुदायमा सचेतना फैलाउने, स्थानीय पालिका तथा संघसंस्थाहरुले गरेको जाडो सुरक्षा कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने जस्ता कार्यहरूले समाजमा ठूलो योगदान पुग्छ । 

    जाडो मौसम आफैँमा चुनौतीपूर्ण भएपनि सजगता, उचित पहिरन, पोषिलो आहार, स्वच्छता र सुरक्षित बानीले यसलाई सजिलै पार गर्न सकिन्छ । शरीरलाई न्यानो राख्नु, रोगबाट जोगिनु, संवेदनशील समूहलाई विशेष ध्यान दिनु र सुरक्षित व्यवहार अपनाउनु जाडोबाट जोगिने  मुख्य आधार हुन् । व्यक्तिगत स्वास्थ्य मात्र होइन, परिवार र समाजको सुरक्षामा पनि प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जाडो मौसमलाई बोझ ठान्ने होइन, सावधानी अपनाएर स्वस्थ र सुरक्षित रूपमा बिताउने हो भन्ने सन्देश सबैमा फैलिनु आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वस्थ जीवन
  • # जाडो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।