Logo

२०८३, श्रावण ३०गते


images
images

स्वस्थ जीवन

चाडपर्वमा के खाने, कसरी खाने  ?

चाडपर्वमा के खाने, कसरी खाने  ?

images
  • चाडपर्वमा के खाने, कसरी खाने  ?
    images
    images

    नेपालीहरुको महान चाड दशैँ-तिहार नजिकिँदै छ । दशैँको खास विशेषता भनेकै मीठो-मसिनो खाने, मान्यजनबाट टीका आशीर्वाद ग्रहण गर्ने हो । हुन त अहिले मीठो-मसिनो खान दशैँ नै पर्खनुपर्ने अवस्था छैन । तथापि, दशैँ भन्नेबित्तिकै स्वादिलो खानपान र रङ्ग-रमाइलोको कारण यो पर्व विशेष मानिन्छ ।

    images
    images
    images

    दशैँ भन्नासाथ मासुका विभिन्न परिकार खाने चाड भनेर मान्ने प्रचलन छ । घर-घरमा घोर्ले खसी ल्याएर बाँधेपछि बल्ल कतिले दशैँको रौनक आएको ठान्छन् । विभिन्न  ठाउँमा पञ्चबलीको नाममा बोका, राँगा, कुखुरा, हाँस, परेवा बली दिने र देवीलाई खुशी बनाउने प्रचलन व्याप्त छ । यस सङ्गै च्याङ्ग्रा, सुँगुर, भैँसी, माछा लगायत विभिन्न पशुपङ्क्षीका मासुका परिकार  यसबेलाको खास खान्कीको रुपमा लिने गरिन्छ । वास्तवमा पञ्चबली भनेको हामी भित्रको पाँच विकारहरु ( काम, क्रोध, लोभ, मोह, अहंकार) को बली दिने हो।  

    images
    images
    images

    दशैँको बहानामा  नेपाली समाजले अत्याधिक माछामासु खपत गर्छन् । यसलाई आयुर्वेदले भने राम्रो मान्दैन ।

    images
    images
    images

    गलत खानपानकै कारण अहिले धेरैको शरीर रोगी बनेको छ । शरीरको पचाउने क्षमताभन्दा बढी र अस्वस्थ्यकर खानपानले रोग निम्त्याउँछ । वास्तवमा, खान नपाएरभन्दा खान नजानेर धेरै मानिसको स्वास्थ्य बिग्रने र मृत्युसमेत हुने हुन्छ ।

    गलत खानपानकै कारण अहिले धेरैको शरीर रोगी बनेको छ । शरीरको पचाउने क्षमताभन्दा बढी र अस्वस्थ्यकर खानपानले रोग निम्त्याउँछ । वास्तवमा, खान नपाएरभन्दा खान नजानेर धेरै मानिसको स्वास्थ्य बिग्रने र मृत्युसमेत हुने हुन्छ ।

    चाडपर्वमा सबैभन्दा बढी मांसाहार खानेकुरा खाने गरिन्छ । त्यस्तै, गुलियो, चिल्लो, नुनिलो, तारेका खानेकुरा, जंकफुड, कोल्डड्रिङ्क्स, पिरो तथा मदिराको सेवन गर्ने चलन व्याप्त  छ । यी सबैलाई पोषण विज्ञानले रोगका खानीको रुपमा जान्ने गर्दछ । यस्ता रोग नै रोग लगाउने चीजहरु सेवन गरेपछि शरीरले थेग्ने कुरै भएन । शरीर रोगी बन्छ । 

    चाडपर्वमा विभिन्न  रोग लाग्ने सम्भावना उच्च हुन्छ । जसको कारण पाचनप्रणालीमा समस्या, फूड पोइजनिङ्ग, अल्सर, ग्यास्ट्राइटिस, मधुमेह , उच्च रक्तचाप, युरिक एसिड लगायत विभिन्न रोगहरुले हाम्रो शरीरमा जन्म लिन पुग्छन् । त्यस्तै, मोटोपन, कोलेस्ट्रोल, कलेजो र मधुमेहका रोगहरू झनै बिग्रने पिसाबमा समस्याहरू, यु टि आई हुने सम्भावना हुन्छ । चाडको बहानामा हामीले चार इन्चको जिब्रोलाई धेरै माया गरेर सिङ्गो शरीर बिगारिरहेका त छैनौँ ? यसबारे हेक्का राख्न जरुरी छ । नुनिलो/गुलियो/चिल्लो खाना, प्याकेटका जंकफूड सकेसम्म कम खाने बानी गरौँ ।

    डको बहानामा हामीले चार इन्चको जिब्रोलाई धेरै माया गरेर सिङ्गो शरीर बिगारिरहेका त छैनौँ ? यसबारे हेक्का राख्न जरुरी छ । नुनिलो/गुलियो/चिल्लो खाना, प्याकेटका जंकफूड सकेसम्म कम खाने बानी गरौँ ।

    मानव स्वास्थ्यको निम्ति शाकाहारी भोजन नै सबैभन्दा उत्तम उपाय हो । खानै परे सेतो मासु वा सकेसम्म चिसो पानीका माछा स्वस्थकर मानिन्छ । तारेको मासुभन्दा उसिन्ने, बफाउने, उमाल्ने आदि सबैभन्दा राम्रा पकाउनेे तरीका हुन भने चिल्लोमा भुट्ने, सेकुवा बनाउनेे, तार्ने आदि सबैभन्दा खतरनाक हुन् । तारेर तथा जलाएर सेकुवा बनाउने प्रक्रियाले माछा, मासुमा सैकडौँ किसिमका क्यान्सर पैदा गर्ने कार्सिनोजेनिक केमिकलहरु पैदा हुने गर्छ । बोतलबन्द पेय, कोल्डड्रिङ्क्स, रक्सीभन्दा ताजा जुस, मह, कागतीपानीले हाम्रो स्वास्थ्य धेरै हदसम्म राम्रो हुन्छ । सबैजसो प्याकेटका परिकार वा बोतलका जुस मन्द विष हुन् ।

    त्यसैले सकेसम्म फलफुल तथा ताजा जुस नै उत्तम विकल्प हो । स्वस्थ जीवनका लागि सात्विक भोजन नै सर्वोत्तम मानिन्छ । चाड हो भनेर आफ्नो स्वास्थ्य प्रति गैरजिम्मेवार  नबनौँ । हाम्रो स्वास्थ्यभन्दा ठूलो चाड र खानाका परिकार पक्कै होइनन् । माछा, मासु नै खान परे पनि थोरै तेल र थोरै मसलाको प्रयोग गरेर झोलिलो बनाएर सकेसम्म सादा खाने बानी गरौँ । स्वस्थ रहौँ, मस्त रहौँ । दशैँ वास्तवमै दशैँ बनोस् । कसैका लागि दशा नबनोस् ।  शुभकामना । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वस्थ जीवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।