देवदह । देवदह नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको निर्णयबिना विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै नगर शिक्षा अधिकृत पर्शुराम ढकालले केही सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको निर्णयबिना नै स्थानीय बिदा दिएको पाइएकोले त्यसरी दिइने बिदा बैधानिक नहुने जनाएका छन् ।
जारी सूचनामा विद्यालयले स्थानीय चाडपर्व वा अन्य महत्वपूर्ण अवसरमा एक शैक्षिक वर्षमा बढीमा पाँच दिन स्थानीय बिदा दिन सक्ने कानुनी प्रावधान भएपनि विद्यालय बन्द जस्तो संवेदनशील र महत्वपूर्ण निर्णय विद्यालय व्यवस्थापन समितिबाट गरि सम्बन्धित वडा कार्यालय, नगरपालिकाको कार्यालय र शिक्षा, विकास तथा समन्वय इकाइमा समेत पठाउनुपर्ने प्रावधान रहेको उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गरिएको सूचना भनिएको छ - "हरितालिका (तीज) २०८१ को सन्दर्भमा विद्यालय व्यवस्थापन समितिको निर्णयविनै प्रधानाध्यापकहरुको निर्णय अनुसार बिदा गरिएको सूचना प्राप्त भएकोले उक्त विदा आधिकारिक नहुने जानकारी सहित स्थानीय विदा गर्नुपर्ने भएमा अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गरी/गराई सो को जानकारी पठाउनुहुन अनुरोध छ।"

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology