Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध सामुदायिक वनले काष्ठजन्य उद्यम र टपरी उद्योग संचालन गर्ने

बुद्ध सामुदायिक वनले काष्ठजन्य उद्यम र टपरी उद्योग संचालन गर्ने

images
  • बुद्ध सामुदायिक वनले काष्ठजन्य उद्यम र टपरी उद्योग संचालन गर्ने
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले काष्ठजन्य उद्यम तथा टपरी उद्योग संचालन गर्ने भएको छ । मंगलबार सम्पन्न वनको १३औं साधारणसभाले चालु आर्थिक वर्षको लागि एक करोड ९० लाख ३८२ रुपैयाँ बराबरको बजेट विनियोजन गर्दै यस्तो योजना अघि सारेको हो ।

    images
    images
    images

    साधारण सभामा प्रतिवेदन पेश गर्दै वनका अध्यक्ष टेक बहादुर रानाले वन विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । वन ऐन, नियमावली र निर्देशिकालाई पालना गर्दै वनको दिगो व्यवस्थापन र गरिबी निवारणमा काम गर्ने  उनको भनाइ छ ।

    images
    images
    images

    बुद्ध सामुदायिक वनले वन विकासतर्फ ७९ लाख ७६ हजार, महिला सशक्तिकरण तथा गरिबी निवारणतर्फ ५३ लाख दुई हजार ८००, सामाजिक विकासतर्फ ३८ लाख र प्रशासनिक खर्चतर्फ १९ लाख २१ हजार ५८२ रुपैयाँ विनियोजन गरेको छ ।

    images
    images
    images

    चालु आर्थिक वर्षमा हुने खर्च परिपूर्ति गर्न वनले कथा दाउरा विक्रीबाट एक करोड ३० हजार र गौतम बुद्ध राष्ट्रिय उद्यानबाट १६ लाख ३१ हजार आम्दानी गर्ने लक्ष्य लिएको छ ।  यसैगरी वनले विभिन्न निकायबाट ३० लाख रुपैयाँ अनुदान र सहयोग प्राप्त गर्ने लक्ष्य राखेको छ भने बाँकी रकम सदस्यता शुल्क लगायतका शिर्षकमा प्राप्त हुने अनुमान गरेको छ । 

    साधारण सभामा गत आर्थिक वर्षको दुई करोड ६ लाख ८८ हजार ७३५ रूपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको छ । जसमा वन विकासतर्फ ३१ दशमलव  ८२ प्रतिशत, महिला सशक्तिकरण तथा गरिबी निवारणमा २३ दशमलव ८५ प्रतिशत, सामाजिक विकासतर्फ १९ दशमलव ८२ प्रतिशत र प्रशासनिकतर्फ १० दशमलव ६३ प्रतिशत खर्च गरि १३ दशमलव ८८ प्रतिशत बचत गरिएको वनको लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले प्रदेशमा भ्रष्टाचारको अन्त्य गर्ने गरि सरकारले काम गरिरहेको बताए । लुम्बिनी प्रदेश समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले हरेक क्षेत्रसंग साझेदारी गरेर काम गर्न सरकार तयार रहेको बताए । 

    देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलले नदीजन्य पदार्थको चोरी निकासीमा सामूदायिक वनको बाटो प्रयोग भएको पाइएकोले उपभोक्ता समूहले नदी र वनजन्य पदार्थको चोरी निकासी नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन लगायतका कार्यमा नगरपालिका वनसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै उनले सामुदायिक वनले वन विकासमा पुर्याएको योगदानको चर्चा गरे ।

    डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले सामुदायिक वन काठ र दाउराको लागि मात्र नभएर गरिबी निवारण र सामाजिक कार्यका लागि समेत आवश्यक रहेको बताए । शिक्षा, स्वास्थ्य र  सामाजिक सशक्तिकरणको क्षेत्रमा सामुदायिक वनले गरेको योगदान उल्लेखनिय रहेको उनको भनाइ छ । 

    साधारण सभामा वनका सल्लाहकार संयोजक यमलाल तिवारी, टोल सुधार समितिका ताराबहादुर थापा लगायतले बोलेका थिए । 

    कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका २ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित युगज्योति माध्यमिक विद्यालयका ५ जना  विद्यार्थीलाई सम्मान गरिएको छ भने २० जना जेष्ठ नागरिक र शारीरिक अपाङ्गता भएका १४ जनालाई सम्मान गरिएको छ ।

    साधारण सभामा समर्पण बालगृह बुटवलका अध्यक्ष डा. शान्ता शर्माले अटिजमबारे प्रशिक्षण दिएकी थिइन् । 

    कार्यक्रमस्थलमा विजय डेन्टलले आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ५०० जनाभन्दा बढीले सेवा लिएको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।