देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा कफी बनाउने तालिम सुरु भएको छ । वन क्षेत्रको दिगो उपयोगसँगै स्थानीयको सीप विकास र आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सुरु गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा बोल्दै सब–डिभिजन वन कार्यालय शीतलनगरका रेन्जर चिन्तामणि पंजीयारले सामुदायिक वनसँग जोडिएका उपभोक्तालाई उत्पादनमूलक सीप आवश्यक रहेको उल्लेख गरे । उनले कफी खेती र प्रशोधन दीर्घकालीन आम्दानीको सम्भावना बोकेको क्षेत्र भएको बताए । कार्यक्रममा वक्ताहरू खेम नारायण अधिकारी, यमलाल तिवारी र केसर बहादुर पुनले पनि तालिमलाई व्यवहारिक रूपमा उपयोग गर्न सहभागीलाई आग्रह गरे ।
२० दिन अवधिको तालिममा २७ जना प्रशिक्षार्थी सहभागी छन् । तालिमको प्रशिक्षण भानुभक्त पङेनीले प्रदान गर्नेछन् । तालिमपछि सहभागीले कफी बनाउने आधारभूतदेखि व्यवहारिक सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा समूहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता, सचिव राधिका अर्यालको संचालन तथा वनका लेखा संयोजक सन्तोष भट्टराईको स्वागत मन्तव्य रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology