देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहले यस आर्थिक बर्षमा २३ हजार ८२०।७९ क्यूफिट वन पैदावर (काठ÷दाउरा) सङ्कलन संकलन गर्ने भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा सो परिमाणको काठ दाउरा संकलनको लागि समुहलाई सहमति प्रदान गरेको हो ।
समहति वमोजिम समूहले पुनरोत्पादन कटान तर्फ विभिन्न जातका नौ हजार ९८०।५१ क्यू फिट र ढलापडा तर्फ १३ हजार ८४०।३५ क्यूफिट काठ÷ दाउरा संकलन गर्ने अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए ।
सहमति बमोजिम आवधिक खण्ड नं १ को पुनरोत्पादन कटान तर्फ ८ हजार ४२५।४४ क्यूफिट साल, ८४३।६७ क्यू फिट असना र अन्य प्रजातिका ७११।४० क्यूफिट काठ कटान हुनेछ । त्यसैगरि ढलापडा तर्फ ८ हजार २८७।५७ क्यू फिट साल, ७३१।६३ क्यूफिट असना र अन्य अन्य विभिन्न जातका गरि ४ हजार ८२१।१५ क्यूफिट काट संकलन हुने अध्यक्ष रानाले बताए ।
यस आर्थिक बर्षमा पुनरोत्पादन र ढलापडाबाट गरि कुल ७२।४३ चट्टा दाउरा संकलन गर्न समुहले सहमति पाएको छ । सहमति अनुसार समुहले देवदह सव डिभिजन कार्यालय सितलनगरसंग समन्वय गरेर काठ दाउरा सङ्कलन गर्नुपर्नेछ ।
यसैविच शुक्रवार बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वनदेवी पुजा गर्दै यस आर्थिक वर्षको वन पैदावर संकलन अर्थात काठ÷दाउरा कटान मुछान कार्य सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, समूहका पदाधिकारी लगाएतको उपस्थितिमा बन पुजा गर्दै कटान मुछान कार्य सुरु गरिएको समुहका उपाध्यक्ष तथा कटान मुछान संयोजक थमन सिंह गुरुङ्कले जानकारी दिए ।
शुक्रवार पहिलो दिन सुरुवात मात्र गरिएको र सनिवारबाट कटान कार्य सुरुवात गर्ने संयोजक गुरुङ्कले बताए । ‘प्रचलित ऐन कानुन र नियमहरुलाई पालना गर्दै काठ दाउरा संकलन कार्य गनुपर्दछ ।’ संयोजक गुरुङ्गले भने, ‘त्यसको लागि जिल्ला वन कार्यालयले काठदाउरा संकलन सहमति दिँदा विभिन्न सर्त सहित समूहलाई सहमति दिने गर्दछ ।’
सर्तहरु :
१) कटान मुछान कार्य २०८१ चैत्र मसान्तसम्म गरि २०८२ जेष्ठ महिना वा सो अगावै उत्पादित् काठ दाउराको लगत सव डिभिजन वन कार्यालयवाट प्रमाणित गरि डिभिजन वन कार्यालयमा पेश गरि सक्नु पर्दछ र उक्त कार्य गर्दा कटान समिति गठन गरि गर्नुपर्ने छ ।
२) कटान मुछान कार्य गर्दा कटान अनुगमन समितिको रोहवरमा गर्नु पर्दछ र कार्यसमितवाट थप अनुगमनको व्यवस्था मिलाई गर्नुपर्ने छ ।
३) कटान गर्दा अनुमति प्राप्त रुखहरु मात्र संकलन गर्नु पर्नेछ । यस प्रकार रुखहरु संकलन गर्दा रुखको ठूटा जतिसक्दो सानो हुनेगरी काट्नुपर्ने छ ।
४) कटान गर्दा उक्त कार्यमा संलग्न कामगर्ने मानिसहरुको सुरक्षाको व्यवस्था गरि गर्नुपर्ने छ । शारीरीक सुरक्षाको लागि हेलमेट, पंजा, जुत्ता तथा बीमा पक्षलाइ ध्यान दिई गर्नुपर्ने छ ।
५) कटान कार्य गर्दा बन क्षेत्रमा आगलागी हुन नपाउने व्यवस्था गरी कार्य गर्नु पर्दछ ।
६) कटान गरि निस्केका गोलियाहरु छपान नं अनुसार सिलसिलेवार नं लेख्नुपर्ने छ । कटान रजिष्टर बनाई काटिएका रुखहरुको विवरण सव डिभिजन वन कार्यालयवाट प्रमाणित गराई राख्नुपर्ने छ ।
७) कटान क्षेत्रमा सरसफाई गर्ने, चरिचरण नियन्त्रणको व्यवस्था मिलाउनुपर्ने छ ।
८) कटान हुँदाको बखतमा वा सम्पन्न भए पश्चात तोकिए बमोजिमको रुखहरु कटान भए नभएको, उत्पादित परिमाणका सबै काठ दाउरा घाटगद्दीमा आए नआएको विषयमा स्थानीय तह ÷ सव डिभिजन वन कार्यालयसंगको समन्वयमा अनुगमन समिति गठन गरि वन क्षेत्र तथा घाटगद्दी स्थान निरीक्षण अनुगमन गराई एकिन गरी गर्नुपर्ने छ ।
९) कटान पश्चात उत्पादित काठ, दाउरा डुवानी गर्दा चलानी पूर्जी बनाई ढुवानी गर्नु पर्नेछ । वन क्षेत्रबाट घाटगद्दी स्थानसम्म काठ दाउरा डुवानी गर्दा रातको समयमा गरिने छैन र कुनै विशेष कारण भए सव डिभिजन वन कार्यालयका प्रमुखलाई जानकारी गराएर मात्र गर्नुपर्नेछ ।
१०) नियमानुसार संकलन गरिएका रुख सम्वन्धी कटान रजिष्टर तथा घाटगद्दी आएको काठ दाउराको घाटगद्दी रजिष्टर सब डिभिजन बन कार्यालयवाट प्रमाणित गरी डिभिजन वन कार्यालयमा पेश गर्नुपर्ने छ ।
११) घाटगद्दी गर्दा सव डिभिजन वन कार्यालयले तोकेको स्थानमा संकलित वन पैदावार हानी नोक्सानी हुन नपाउने गरी गर्नु पर्नेछ ।
१२) लगत पेश गर्दा प्लट क्लियरेन्स विवरण समेत संलग्न गरि गर्नुपर्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology