देवदह । रुखको हाँगाले लागेर ज्यान गुमाएका देवदह-६ केउलीका हेम बहादुर घर्तीको परिवारलाई बुद्ध सामूदायिक वन उपभोक्ता समूहले नगद हस्तान्तरण गरेको छ ।
घर्तीले सामुदायिक वनको संरक्षण र विकासमा पूर्याएको योगदानको सम्मानसहित परिवारलाई राहत हस्तान्तरण गरिएको वनका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिए ।
बुद्ध वनले घर्तीको परिवारलाई नगद ३० हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।
पाल्पाली सामुदायिक वनका अनुगमन समिति सदस्य रहेका घर्तीको वनमा रुख कटान गर्ने क्रममा रुखको हाँगाले लागेर केही दिनअघि मृत्यु भएको थियो ।
सामुदायिक वनमा पुनरोत्पादन कटान अन्तर्गत खडा रुख काटिरहेको बेला हाँगाले लागेर घाईते भएपछि उनलाई उपचारको लागि देवदह मेडिकल कलेज पुर्याइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology